coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

नेपाल बलियो प्रतिद्वन्दी जापानको सामना गर्दै

काठमाडौं – इन्डोनेसियामा जारी एसियाली खेलकुदको पुरुष फुटबलमा नेपाली यु–२३ टोलीले मंगलबार (आज) एसियाली पावर हाउस जापानको यु–२३ टोलीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। खेल सकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ।

१० दिने थाइल्याण्ड बसाईपछि नेपाली टोली सिधै इन्डोनेसिया गएको हो। टोलीले १० दिन थाइल्याण्ड बसाईमा २ अभ्यास खेल र प्रशिक्षण गरेको थियो। नेपालले थाइल्याण्डमा खेलेको दुवै अभ्यास खेलमा पराजय भोगेको थियो। जापानी टोली नेपाली टोलीभन्दा निकै बलियो टोली हो। त्यसैले आजको खेल जित्न नेपालका लागि सहज भने हुने छैन्।

एसियाडमा जापानसँग अहिलेसम्म खेलेका तीन खेलमा नेपालले सबैमा हार व्यहोरेको छ। नेपाल सन् १९८६ मा दक्षिण कोरिया र १९९२ मा थाइल्याण्डमा भएको एसियन गेम्समा जापानसँग समान ५–० तथा २०१४ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा ४–० ले पराजित भएको थियो। नेपाली टोलीको कप्तानमा राष्ट्रिय टिमका पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङ रहेका छन्।

ओलम्पिक नियमअनुसार यु–२३ टोलीमा तीन जना सिनियर खेलाडी राख्न पाउने प्रावधान अनुसार नेपाली टोलीमा २३ वर्षमाथिका किरण चेम्जोङ, रोहित चन्द र विशाल राईले यु–२३ टोलीबाट खेल्दैछन्। समुह ‘डी’ रहेको नेपालले दोस्रो खेलमा भियतनामसँग १६ अगष्टमा र अन्तिम खेलमा १९ अगस्टमा पाकिस्तानको सामना गर्नेछ।

२० सदस्यीय नेपाली टिम 
किरण चेम्जोङ (कप्तान), रोहित चन्द, बिशाल राई, बिमल घर्तीमगर, अन्जन विष्ट, अनन्त तामाङ, आदित्य चौधरी, एलेन न्यौपाने, दिनेश राजवंशी, गौरव बुढाथोकी, हेमन गुरुङ, हेमन्त थापामगर, कमल श्रेष्ठ, अभिषेक रिजाल, सोजित गुरुङ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, तेज तामाङ र छिरिङ गुरुङ

प्रकाशित: २९ श्रावण २०७५ ०४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App