गायिका एवं मोडल निशाले ल्याइन हट म्युजिक भिडियो

मङ्गलबार, २८ भदौ २०७३, १८ : ०७ नागरिक

0


काठमाडौं–लोक–पप गायिका एवं मोडल निशा सुनारको ‘टोल टोलमा हल्ला चल्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक नेपालबाट सार्वजनिक गरिएको म्युजिक भिडियो उनकै श्रीमान एवं चर्चित निर्देशक शंकर बिसीले निर्देशन गरेका हुन्।

अमेरिकाबाट दुई महिना अघि तीज मानाउनका लागि नेपाल आएकी निशाले ‘जे भए नि मेरो जिवन साथि नेपालकै छोरो होस्‘ बोलको तीज गीतको भिडियो बजारमा ल्याए लगतै ‘टोल टोलमा हल्ला चल्यो’ दर्शकमाझ पस्केकी छन्।

आफै गाउने र मोडलिंग गर्ने निशाले यस अगाडि लोक–पप गायिकाको रुपमा आफ्नो परिचय बनाएकी थिइन्।

‘यो अलि बेग्लै स्वादको छ,‘ निशाको प्रतिकृया छ ‘पहिलेदेखिनै मलाई स्विमिंग पुलमा भिडियो सुट गर्ने रहर थियो,' निशा भन्छिन् ‘स्विमिंग कस्टुममा सुट गरिएकोले स्वभाविक केही हट त हुने नै भयो।'

 

म्युजिक भिडियाे लन्चमा निशासँगै दीपाश्री निराैला।

म्युजिक भिडियाे सार्वजनिक गर्न अायाेजित समाराेहमा दीपाश्री निराैलासँग निशा।

निर्देशक बिसिले गीतको कथावस्तु र शब्दले मागे अनुसार निशाकै इच्छामा स्विमिंग पुलमा भिडियो सुट गरिएको बताए।।

यसअघि राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, दिलिप रायमाझी जस्ता चर्चित नायकहरुसँग भिडियोमा प्रस्तुत भएकी निशा पछिल्लो यो भिडियोमा भने आफ्नै भदाह रेजर सुनारलाई साथ लिएकी छिन्।

गीतमा अर्जुन कौशलको शब्द तथा संगीत रचना छ भने निशा आफैले स्वर दिएकी छन्।

‘टोल टोलमा हल्ला चल्यो’ म्युजिक भिडियोमा निशालाई दर्शकले हट अवतारमा देख्नेछन्।

भिडियाेः

 









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | ...

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...