coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘सोसियल मिडिया फिल्म अवार्ड’ हुँदै

काठमाडौं – नेपालमा वर्षेनी भइरहने दर्जन हाराहारीको फिल्म अवार्डमा अर्को नयाँ अवार्ड ‘सोसियल मिडिया अवार्ड’ थपिने भएको छ।

फिल्म, वृत्तचित्र, विज्ञापन तथा विभिन्न सामाजिक सञ्जालमा प्रस्तुत हुने भिडियोहरूलाई मध्यजनर गर्दै ‘सोसियल मिडिया फिल्म अवार्ड–२०७५’ आयोजना हुने भएको छ । ड्रिम वल्र्ड अफ् फिल्म मेकस्ले यो अवार्ड गर्न लागेको हो।

मेकर्सकी अध्यक्ष सवनम मुखियाले मुलधारका फिल्म, गीत संगीत र म्युजिक भिडियोको अवार्ड भईरहेको बेला फरकधारको यो अवार्ड गर्न लागिएको बताइन्। 

अवार्डमा ‘सर्ट फिल्म’अन्तर्गत छायाँकार, सम्पादक, अभिनेत्री, अभिनेता र निर्देशक, ‘वृत्तचित्र’अन्तर्गत वृत्तचित्र, ‘जनचेतना मुलुक विज्ञापन’ अन्तर्गत पिएसए एड विधामा प्रतिष्पर्धा हुनेछ।

यस्तै ‘सोसियल मिडिया’अन्तर्गत ‘वेस्ट सोसियल मिडिया (फेसबुक, इन्टाग्राम, ट्विटर) भिजुअल’, ‘वेस्ट युट्युव भिडियो’, ‘वेस्ट च्यालेन्जिङ न्युज लाईभ’, ‘वेस्ट इन्करेजमेन्ट म्युजिकली’, ‘वेस्ट ट्रोल र पब्लिक च्वाइस अवार्ड’ प्रदान गरिनेछ। 

अध्यक्ष मुखियाले सोसियल मिडियासँग सम्बन्धित एक विशिष्ट व्यक्ति र एक चलचित्र पत्रकारलाई सम्मान पनि गरिने बताइन् । उनले यो अवार्डमा सहभागी हुन चाहनेहरुका लागि फारम खुला गरिएको जनाइन्।

मुखियाका अनुसार नेपालको पहिलो महिला छायाँकार मुखियाले फारम र सम्बन्धित विधामा भाग लिने वृत्तचित्र, लघु चलचित्र, जनचेतनामुलक विज्ञापन, युट्युव भिडियो जम्मा भएपछि यसको मनोनयन सार्वजनिकसँगै ‘सोसियल मिडिया फिल्म अवार्ड’ प्रदान गरिनेछ।

 

प्रकाशित: २९ श्रावण २०७५ ०४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App