coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

खोटाङमा तीज महोत्सवको तयारी

तीज महोत्सवको तयारीका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सहभागी।   तस्बिर : दमन/नागरिक

खोटाङ – संस्कार र संस्कृतिको प्रवद्र्धनका लागि खोटाङमा वृहत तीज महोत्सव हुने भएको छ । लोपोन्मुख संगिनी नाच, मारुनी नाच, पञ्चैबाजा कुसुले नाच, धुपीधुपी नाच प्रदर्शन एवम् तीजसम्बन्धी लोकदोहोरी प्रतियोगिता गर्दै महोत्सव आयोजना हुन लागेको हो।

युवापुस्तालाई लोप हुन लागेको संस्कार, संस्कृतिका विषयमा जानकारी गराउँदै संरक्षणका लागि जागरुक बनाउन हरितालिका तीजको दिन पारेर आगामी भदौ २५ गतेदेखि २७ गतेसम्म दिक्तेलमा तीज महोत्सव हुन लागेको हो । तीज नजिकिँदै गर्दा बहुआयामिक संरक्षण समाज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलले तीज महोत्सव आयोजना गर्न लागेको हो।

दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष अनिल आचार्यले विभिन्न जातजातिको भाषा, धर्म, चाडपर्व, संस्कार संस्कृतिको प्रचारप्रसार गर्दै सम्बद्र्धनका लागि महोत्सव गर्न लागिएको बताए । ‘बाबुबाजेको अन्त्यसँगै हाम्रो अमूल्य संस्कार र संस्कृति लोप हुँदै गइरहेका छन्,’ आचार्यले भने, ‘लोपोन्मुख संस्कार संस्कृतिको संरक्षणका लागि तीज महोत्सव गर्न लागिएको हो।’ 

महोत्सवको पहिलो दिन दिक्तेलस्थित हेलिप्याडमा ‘खोटाङ जिल्ला दिक्तेल बजार, संस्कृतिलाई जोगाऔं हजुर’ बोलको लोक दोहोरी प्रतियोगीताका साथमा विभिन्न जातजातिको संस्कार र सांस्कृतिक भाव झल्किने संगिनी नाच, मारुनी नाच, धुपीधुपी नाच प्रदर्शन गरिने आयोजकले जनाएको छ । महोत्सवको अन्तिम दिन भने पञ्चैबाजा कुसुले नाच प्रदर्शनका साथमा लोक दोहोरी प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ। 

तीज महोत्सवका लागि समाजसेवी दुर्गाप्रसाद घिमिरेको संयोजकत्वमा तीज महोत्सव व्यवस्थापन एवम् आर्थिक समिति तथा बिन्दा थापाको संयोजकत्वमा महोत्सव मुल आयोजक समिति गठन गरिएको छ। 

लोक दोहोरी प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो समूहलाई क्रमशः १० हजार, ६ हजार ३ हजारका साथमा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष आचार्यले जनाए । संगिनी नाच, मारुनी नाच, पञ्चैबाजा कुसुले नाच, धुपीधुपी नाच प्रदर्शन गर्ने समूहलाई भने प्रोत्साहन रकम प्रदान गरिने बहुआयमिक संरक्षण समाजले जनाएको छ। 

 

प्रकाशित: २९ श्रावण २०७५ ०४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App