८ वैशाख २०८१ शनिबार
समाज

भिटामोड, जलेश्वर- जनकपुर सडक ६ लेनको बनाउन माग गर्दै आमरण अनशन

महोत्तरी-जर्जर अवस्थामा रहेको भिटामोड– जलेश्वर– जनकपुर सडक खण्ड यथासिघ्र ६ लेनको निर्माण गर्नु पर्ने माग राख्दैं महोत्तरी धनुषा संयुक्त संर्घष समितिका संयोजक रामकुमार शर्मा सहित चार जना मंगलबारदेखि आमरण अनसनमा बसेका छन्।

भिटामोड– जलेश्वर– जनकपुर सडक खण्डको मध्यमा पर्ने पिपरा चौकमा मंगलबार ११ वजेदेखि संर्घष समितिका संयोजक नयाँ शक्तिका नेता शर्मा सहित माओवादी केन्द्रका युवा नेता सत्येन्द्र यादव , तमलोपाका युवा नेता रमण कुमार ठाकुर (आरके रौशन )  र स्वतन्त्र मधेसी गठबन्धनका युवा नेता रञ्जितराज मधेसी आमरण अनसनमा वसेका हुन्।

हजारौं समर्थकहरुको उपस्थितिमा चारै जनाले मंगलबारदेखि माग पुरा नहुञ्जेलका लागि आमरण अनसनमा वसेको घोषणा गरेका थिए । आमरण अनसन स्थलमा उपस्थित सहभागिहरुले आमरण अनसनकारीको आन्दोलनमा हरसम्भव साथ र समर्थन दिने भन्दै आन्दोलनकारीको हौसला बढाएको थिए।

भदौं १२ गते सडक निर्माणको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत एक हप्ते अल्टिमेट सहितको ज्ञापन पत्र वुझाएर आन्दोलनको घोषणा गरेको संर्घष समितिले दुई चरणमा भदौं २० देखि २४ सम्म उक्त सडक खण्डको विभिन्न चौकमा धर्ना जुलुस प्रर्दशन , भदौं २५ र २६ गते यातायात वन्द र २७ गते भिटामोड जनकपुर सडक खण्डको १८.५६ किलोमिटरमा मानव सांगालो प्रर्दशन गरेका थिए।

‘दुई चरणको विरोधका वावजुद पनि आफना माग प्रति सरकार गम्भीर नदेखिएपछि तेस्रो चरणको आन्दोलनको कार्यक्रम अनुसार मंगलबारदेखि संर्घष समितिका संयोजक शर्मा सहित हामी चार जना आमरण अनसनमा वसेका छौं। ’ आमरण अनसनकारी माओवादी केन्द्रका युवा नेता सत्येन्द्र यादवले भने ‘ माग पुरा नहुञ्जेल हाम्रो आमरण असन जारि रहने छ। ’

संघर्ष समितिले आन्दोलन थाले पछि नेपाल सरकारले भिटामोड जलेश्वर जनकपुर ९३ करोड ४३ लाख , ९३ हजार ५ सय ८१ रुपैंयाको लागतमा कालोपत्रे गर्ने भन्दै शिलान्यास समेत गरि सकेका छन्।

प्रकाशित: २८ भाद्र २०७३ १२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App