coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सकियो संविधान सम्मेलन

काठमाडौं - काठमाडौंमा आयोजना भएको तीनदिने संविधान सम्मेलन सकिएको छ। संविधान जारी भएको ३ वर्षपछि भएको संविधान सम्मेलनमा विभिन्न विषयमा छलफल भए। संविधान निर्माण प्रक्रियादेखि संविधानवादको इतिहास, संविधान निर्माणको राजनीतिक प्रक्रिया, संविधानमा भएका कमीकमजोरी, संविधान कार्यान्वयनका चुनौती, दक्षिण एसियाका संविधानको कार्यविधिलगायतका विषयमा समूहगत छलफल भएको थियो।

सोमबार सकिएको सम्मेलनमा नयाँ संविधानका प्रावधान र चुनौतीका विषयमा छलफल भएको छ। तीनवटा समूहमा विभाजित भएर विज्ञहरूले छलफल गरेका थिए।

सोमबार संघीय संरचना, मौलिक हक, २०४७ सालको संविधान, संविधानमा आमाका नाममा नागरिकता, संविधान कार्यान्वयनको चुनौतीका विषयमा समूहगत छलफल भएको थियो। संविधान कार्यान्वयन चुनौतीका विषयमा सांसद भीम रावलले संविधान बनाउँदाका कठिनाइका बारेमा धारणा राखे । ‘संविधान कार्यान्वयन क्रममा रहेकाले पछाडिका कुरा बिर्सेर व्यक्तिगत लाभभन्दा राष्ट्रिय हित, समाजको एकता, लोकतन्त्रका मूल्यमान्यतालाई ध्यान दिऊँ,’ उनले भने।

काठमाडौं विश्वविद्यालय स्कुल अफ ल र साउथ एसिया ट्रष्टको संयुक्त आयोजनामा भएको सम्मेलको उद्घाटन शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्। सम्मेलनमा चीन, भारत, बंगलादेश, इन्डोनेसियालगायत देशका संविधानविज्ञको सहभागिता थियो। सम्मेलनमा संविधानका विभिन्न पाटामा केन्द्रित कार्यपत्र प्रस्तुति, टिप्पणी र अन्तक्र्रिया भएको थियो। नेपालका संविधान निर्माता एवं विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित: २९ श्रावण २०७५ ०१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App