४ वैशाख २०८१ मंगलबार
समाज

तिम्बु पदयात्रा गर्ने पर्यटक बढ्दै

तिम्बुपाखेरी- पूर्वमा चर्चित रहेको तिम्बु पोखरीसम्मको पदयात्रा गर्नेको संख्या बर्षेनी पढ्दै गएको छ। हिमाली क्षेत्रमा पर्ने तिम्बू पोखरीमा धार्मिक विश्वास तथा घुमफिरका लागि आउनेको संख्या बर्षेनी उलेख्यमात्रमा बढ्दै गएको छ । ताप्लेजुङ र पाँचथरको सिमानमा पर्ने सुन्दर पोखरी र आसपासका रमणिय दृष्यमा रमाउँदै पदयात्रा गर्ने बढेसँगै यो ठाँउको चर्चापनि बढेको छ।

यो पदयात्राको सौन्दयर्ता, तिम्बु प्रतिको धार्मिक विश्वास तथा बढ्दो चर्चाले यहाँ आउनेको संख्या बढ्दै गएको हो । मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु मानिएको च्याङ्थापु देखि दुई दिनको पदयात्रामा तिम्बु पुगिन्छ । च्याङ्थापु देखि माथि गाडि जाँदैन । ताप्लेजुङको कालीखोला र पाँचथरको फलैचामा पर्ने उक्त पोखरी घुम्नका आउनेको संख्या बढ्दै गएको पोखरी नजिकरहेको चोरीघ्याङका गोठ सञ्चालक खडक बहादुर भण्डारी बताउँछन् । ‘तिम्बु पोखरी र आसपासको क्षेत्रको महत्वको बर्षेनी विस्तार भईरहेको छ । विभिन्न ठाँउवाट आउनेको संख्या बढेर गएको छ । ठाँउ साह्रै राम्रो छ । पोखरीको धार्मिक महत्व उच्च कोटिको छ’ भण्डारीले नागरिकसँग भने ‘पूर्वका विभिन्न ठाँउ, काठमाण्डौँ, भारत लगायतका मुलुकवाट पनि घुम्नेहरु आहिरहेका छन् । पोखरी, भौगोलिक सुन्दरता, लेकाली गोठमा रमाउने गरीन्छ।’

यहाँका दृष्यहरु कुमारी छन् । अग्ला अग्ला पहाड आर्कषक छन् । ठाँउ ठाँउमा गोठमा बस्तै उकालो चढ्ने भेटिन्छन् । सिक्खिमको सिमाना नजिक छ । चौरी, भेडा, याक, उरागसँग रमाउँदै उकालो चढ्न सकिन्छ । तिम्बु पोखरीलाई विष्णु पोखरीपनि भनिने स्थानियले बताए । तिम्बु पोखरी समुद्र सतह देखि ४ हजार ४ सय ८० मिटरको उचाईमा छ । तिम्बुसँग सगैँ अरु पोखरीहरु पनि छन । कतिपय मानिसहरु तिम्बुहुँदै सिक्खिमको लक्ष्मी पोखरीसम्म पुग्ने गर्छन् । कुम्भकर्ण लगायतका हिमाल हेर्दै उकालीनेहरु छन् । च्याङ्थापु देखि उकालो, ओरालो गर्नेको संख्या बाटोमा प्रसस्त भेटिन्छ । तिम्बु पोखरीमा आउनेको संख्या बढ्दै गएको अनुभव छ संरक्षणको क्षेत्रमा क्रियाशिल रहेका मन्जित राईको । बर्षेनी सो क्षेत्र पुग्ने उनको अनुभवमा पछिल्ला बर्षमा तिम्बु पोखरी र यहाँ रहेका दृष्यले धेरैको मन तानेको छ । विकास हुँदै जाँदा यो संख्या बढेर जाने अनुमान उनको रहेको छ । बाटोभरी ठुला ठुलो झोला बोकेर उकालो–ओरालो गर्नेहरु भेटिन्छन् । उच्च क्षेत्र भएपनि पदयात्रिहरु बढेका छन् ।

च्याङ्थापु देखि माथि जाँदा गोठमा वसेर उकालीनु पर्छ । यो क्षेत्र जैविक विविधताका धनि रहेको छ । एक साता लामो यात्रामा निस्किन सकिन्छ । केहि साता अघि यो क्षेत्र घुमेर फर्केका फोटोपत्रकार आरके अदिप यो क्षेत्र सुनेभन्दा आर्कषक रहेको अनुभव सुनाउँछन् । यात्रा अत्यान्त रोमान्चक भएको उनको अनुभव छ । यो क्षेत्रका दृष्यहरु, मानिसहरुको आत्मिय व्यहारले तानेको उनले सुनाए । एकीकृत विकास हुन सके धेरै पर्यटक  भित्रने उनको भनाई छ । सकेत चिन्ह लगायतका न्यूनतम पूर्वाधार तत्कालको आवश्यकता रहेको उनको भनाई छ।

पोखरीमा पुजा पाठ गर्ने, घुम्ने, रमाउने गरिन्छ । पदयात्राका लागि स्थानियले सहयोग गर्ने गरेका छन् ।

प्रकाशित: २८ भाद्र २०७३ १२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App