८ वैशाख २०८१ शनिबार
समाज

लागू औषधसहित एक पक्राउ

उदयपुर– उदयपुरमा १ यात्रु लागू औषधसहित सोमबार पक्राउ परेका छन्। बिराटनगरबाट आउँदै गरेको को १ ख ५५३९ नम्बरको यात्रुबाहक बस त्रियुगा नगरपालिका ६ जलजलेस्थित दिउँसो चेकजाँच गर्ने क्रममा ३० वर्षीय लक्ष्मण थापा लागू औषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

इलाका प्रहरी कार्यालय जलजलेले नियमित चेकजाँचको क्रममा गाडीमा सवार थापामाथि शंका लागी खानतलासी लिँदा त्रियुगा नगरपालिका १२ बस्ने थापाको साथबाट अवैध लागू औषध डाईलेक्स १९ थान र खुल्ला ट्याब्लेट ३ थान फेला परेको प्रहरीले जनाएको छ। इप्रका जलजलेबाट बरामद लागू औषधसहित थापालाई सोमबार साँझ जिल्ला प्रहरी कार्यालय झिकाएर अनुसन्धान थालिएको जनाएको छ। 

जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले थापामाथि अनुसन्धान सुरु भएको बताए। उनले लागू औषधविरुद्ध कडा निगरानी राख्दै संभावित चेकजाँचलाई कडाईका साथ कार्यान्वयन गर्ने उनले बताएका छन्। उदयपुरमा लागू औषध कारोबार र प्रयोगकर्ता अत्याधिक रहेको भन्दै प्रहरी ठहर छ। प्रहरीले गएको एकवर्षभित्र ९७ वटा घट्नामा १ सय ६३ जनालाई लागू औषध दुव्र्यसन र कारोबार आरोपमा पक्राउ गरेको थियो। उनीहरुबाट २ हजार ८ सय ३२ एम्पुल (थान) बिभिन्न थरीका अवैध लागू औषध बरामद भएको थियो। त्यसैगरी ०७४÷७५ मा लगभग ६ किलो गाँजा र ३० बोट अफिमसमेत प्रहरीले पक्राउ गरेको जनाएको छ। 

९७ घट्नाका पक्राउ १ सय ६३ मध्ये ५९ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। बाँकी आरोपी दण्ड जरिवाना तिरेर र कानुन अुनसार कैद बसेर छुटेका छन् भने कतिपयलाई सुध्रने मौका दिएर अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २८ श्रावण २०७५ १४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App