मुलुकभर अझै केही दिन वर्षा

सोमबार, २८ साउन २०७५, २० : ०१ नागरिक

98


सीबी अधिकारी

काठमाडौँ- अहिले मुलुकभर सरदर मनसुनी वर्षा भएको छ। मनसुन चार महिनाको अवधिमा देशभर सरदर करिब १५ सय मिलिमिटर वर्षा हुने गर्दछ। मौसम पूर्वानुमान महाशाखाको आँकडाअनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढी (हालै भक्तपुरमा) १२५ मिलिमिटर वर्षा भएको छ। यो वर्ष मनसुन सक्रीय भएको लामो अवधिसम्म पनि प्रभावकारी वर्षा नभए पनि साउन १५ देखि वर्षा राम्ररी भइरहेको छ।

मनसुन अवधिमा असार १५ देखि साउन १५ सम्म सबैभन्दा बढी वर्षा हुने गर्दछ । सामान्यतः नेपालमा जेठको अन्तिम सातादेखि मनसुन शुरु भई असोजको पहिलो सातासम्मको अवधि हुन्छ । अहिलेसम्म मध्य र पश्चिममा वर्षा राम्रै भइरहे पनि पूर्वी भेगमा तुलनात्मक रुपमा वर्षा हुन सकेको छैन । दुई दिनदेखि ती क्षेत्रमा पनि वर्षा राम्रो भइरहेकोले यो वर्ष पनि सरदर वर्षाको अनुमान गरिएको मौसमविद् वरुण पौडेलले बताए।

“मनसुन चार महिना अवधिको विवरण भदौमा मात्रै आउँछ, अहिलेसम्मको वर्षाको अवस्थालाई हेर्दा सरदर वर्षा हो। धेरै स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ, दुई दिनदेखि पूर्वमा पनि मनसुन पूर्ण सक्रिय भएकाले यो वर्ष पनि सरदर वर्षा हुने देखिन्छ,”–उनले भने।

मौसमविद् पौडेलका अनुसार अघिल्लो वर्ष करिव १५० मिलिमिटर वर्षा भएको थियो। विगतको आँकडा हेर्दा सन् १९९३ जुलाई महिनामा मकवानपुरको टिस्टुङ पालुङमा २४ घण्टा अवधिमा ५४० मिलिमिटर वर्षा भएको थियो। जुन अहिलेसम्मकै अतिभारी वर्षा हो।

जेठ १५ देखि असोज १५ गतेसम्म बङ्गालको खाडी हुँदै नेपाल प्रवेश गर्ने जलवाष्पयुक्त हावा नै मनसुन हो। नेपालको पूर्वी भेग हुँदै प्रवेश गर्ने चार महिना (१०५) दिन अवधिमा चल्ने उक्त हावाले अधिक वर्षा गराउँछ। जलवाष्पयुक्त हावाले नै मनसुन अवधिभर वर्षात् गराउने मौसमविद्को भनाइ छ । नेपालमा वर्षभरि मनसुनका कारण ८० प्रतिशत र पूर्वमनसुन र पश्चिमी वायुको प्रभावले २० प्रतिशत वर्षा हुने गरेको छ।

जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार साधारणतया जेठ १५ देखि असोज १५ गतेको चार महिनासम्मको समयलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुन्छ। गत वर्षको मनसुनी वर्षा करीब ७६ प्रतिशत रहेको थियो, जुन सरदरभन्दा कम हो।

काठमाडौँसहितका स्थानमा भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार बितेको २४ घण्टामा काठमाडौँमा भारी (६४ मिलिमिटर) वर्षा भएको छ। मौसमी मापदण्डअनुरुप ५० भन्दामाथि १०० सम्म भारी वर्षा मानिन्छ। एक सयभन्दा बढी अति भारी वर्षामा गनिन्छ । १५ मिलिमिटरसम्म हल्का र १५ देखि ४९ मिलमिटरलाई मध्य वर्षाको रुपमा लिइन्छ । काठमाडौँमा तीन दिनअघि ५४ मिलिमिटर वर्षा भएको छ।

आज देशका पूर्वी भेगमा भारी वर्षा भएको छ । पूर्वका ओखलढुङ्गामा सबैभन्दा बढी ८७ मिलिमिटर वर्षा भएको छ। धनकुटामा ५३ मिलिमिटर वर्षा भएको छ । दाङ र नेपालगञ्जमा समान ४९ मिलिमिटर, धनगढीमा ३४, डडेलधुरामा २३ र ताप्लेजुङमा २६ मिलिमिटर वर्षा भएको छ।

मध्य र पश्चिममा भारी वर्षा

महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर देशका मध्य र पश्चिमका केही स्थानम भारी वर्षा हुने जनाएको छ। अबको तीन दिनसम्म देभर हल्कादेखि मध्यम र केही स्थानभा भारी वर्षाको सम्भावना औँल्याएको हो।

आज र भोलि मङ्गबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै जसो स्थानमा मध्यमदेखि भारी वर्षा हुने जनाइएको छ। आज दिउँसो पूर्व र मध्यका थोरै स्थानमा र पश्चिमका केही स्थानभा भारी वर्षा भएको छ भने राति पश्चिमका थोरै स्थान र मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मङ्गलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ भने पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अहिलेको वर्षा अन्य कुनै मौसमी प्रणालीको प्रभाव नभई मनसुन न्यूनचापीय रेखाको प्रभावले नै बदली र वर्षा गराएको तथा बुधबारदेखि मौसममा क्रमिक सुधार आउने मौसमविद् पौडेलको भनाई छ।

मनसुन न्यूनचापीय रेखा नेपाल नजिक (तराईको सिमाना क्षेत्र) रहेकाले विगत केही दिनयता निरन्तर वर्षा भइरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। उक्त प्रणालीको प्रभावले नेपालमा १० दिनयता दिनहुँजसो देशका धेरै भू–भागमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा भएको छ। रासस

 







यसमा तपाईको मत


अन्य समाचार

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

ग्यालेक्सी एस १० र १० प्लस र ग्यालेक्सी एस १० ई ...

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...