७ वैशाख २०८१ शुक्रबार
समाज

धनगढीका तीन आयल स्टोरमा शिलबन्दी

धनगढी - बजार अनुगमन समिति कैलालीको टोलीले धनगढीका विभिन्न तीन आयल स्टोरमा साेमवार शिलबन्दी गरेको छ।सिल गरिएका आयल स्टोरमा हरि आयल स्टोर, शिवशंकर आयल स्टोर र मल्ल आयल स्टोर रहेका छन्। तोकिएको परिमाणभन्दा कम परिमाणको पेट्रोलियम पदार्थ बिक्री वितरण भएको फेला परेपछि टोलीले ती आयल स्टोरलाई सिल गरेकाे जिल्ला प्रशासन कार्यालय कैलालीका नायब सुब्वा रामुर्ति सिंहले जानकारी दिए। 

ती आयल स्टोरका सञ्चालकमाथि प्रचलित कानूनअनुसार कारवाही प्रक्रिया अघि बढाइएको समितिले बताएकाे छ।तोकिएको भन्दा कम परिमाणमा डिजेल र पेट्रोल बिक्री वितरण भइरहेको गुनासो आएपछि बजार अनुगमन टोलीले साेमवार धनगढीका विभिन्न छ वटा आयल स्टोरमा अनुगमन गरेको थियो। टोलीमा जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधिको सहभागिता रहेकाे थियो। रासस

प्रकाशित: २८ श्रावण २०७५ १३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App