coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपाको नेतृत्वका लागि ५ जनाको नाम सिफारिस

डोल्पा– डोल्पामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षका लागि पाँच जनाको नाम सिफारिस भएको छ। 

अध्यक्षमा तत्कालिन माओवादीका तर्फबाट जिल्ला इन्चार्ज मालबहादुर रोकाय र सचिवमा जंगलबहादुर रोकायलाई सिफारिस गरिएको छ। त्यसैगरी तत्कालिन एमालेका तर्फबाट अध्यक्षमा दत्तबहादुर रोकाय, हंशबहादुर शाही र बबिकिशोर गुरुङ्गको नाम केन्द्रमा सिफारिस गरिएको पूर्व माओवादीका जिल्ला इन्चार्ज नैनप्रसाद पहाडीले बताए।

नेकपाको केन्द्रीय निर्देशन बमोजिम जिल्ला नेतृत्वको लागि दुई पार्टीका जिल्ला तहका नेतृत्व बसेर नाम सिफारिस गर्न भनिएपनि दुई पार्टीका जिल्ला तहका नेतृत्वहरु छुट्टाछुट्टै कोठे बैठक बसेर नेतृत्वको लागि नाम सिफारिस गरिएको बुझिएको छ। 

नाम सिफारिस भएसँगै पार्टीको नेतृत्व हत्याउन पाँचै जना संघीय राजधानी काठमाडौं गएका छन्।

प्रकाशित: २८ श्रावण २०७५ १३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App