काठमाडाैं- प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको निर्वाचन आगामी भदौ ५ गते हुने भएको छ। प्रतिनिधिसभाको साेमबारको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले निर्वाचन मिति ताेकेका हुन्।
सभापति नहुँदा समितिहरुको बैठकको अध्यक्षता सम्बन्धित समितिका ज्येष्ठ सदस्यले गर्दै आएका छन्। उक्त निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले निर्वाचन कार्यक्रम प्रकाशन गर्नेछ। रासस
प्रकाशित: २८ श्रावण २०७५ ११:५४ सोमबार