coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदेश दुईका सामाजिक विकास राज्यमन्त्री शर्मा तारेखमा रिहा

महोत्तरी – ज्यान मुद्दामा अदालतमा आत्मसमर्पण गरेका प्रदेश नम्बर दुईका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन्। शर्मालाई साधारण तारेखमा छोड्ने आदेश भएको स्रेस्तेदार रामानन्द अधिकारीले बताए। शर्माले सोमबार बिहान महोत्तरी जिल्ला अदालत जलेश्वर समक्ष आत्मसमर्पण गरेका थिए।

थुनछेकको वहस पछि जिल्ला न्यायाधीश व्रजेश प्याकुरेलले साधारण तारेखमा छोड्ने आदेश दिएका हुन्। बयान पछि शर्माको तर्फबाट तीन जना कानुन व्यवसायीले वहस गरेका थिए।

२०७२ भदौ २५ गते शसस्त्र सीमा सुरक्षाबल जलसागरमा कार्यरत असइ थमन विकको मधेश आन्दोलनको क्रममा आन्दोलनकारीहरुबाट हत्या गरिएको थियो। उनी सोही मुद्दाका फरार अभियुक्तको रुपमा थिए।

 

 

 

प्रकाशित: २८ श्रावण २०७५ ११:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App