coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जीप दुर्घटना हुँदा बालिकाको मृत्यु

रोल्पा- रोल्पाको जेदवाङ बिसुनधारा गाउँ नजिकै जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ। बिहान करिव ९ वजेतिर लिवाङिआँप देखि होलेरीका लागी छुटेको लु १ च ९३९४ जीप दुर्घटना हुँदा रुन्टिगढि गाउँपालीका ९ सखि निवासी ४ वर्षिया वालीका रितु कार्किको घटना स्थालमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घुम्तिमा रातो माटो चिफ्लीएर अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने घटना स्थालमा पुगेका भएका प्रहरी नायव निरीक्षक इन्द्र बस्नेतले बताए। गाडिमा १४ जना यात्रु रहेको जिल्ला प्रहरी कार्याल्य रोल्पाले जनाएको छ। दुर्घटनामा परि अन्य २ जना घाईते भएका छन्। घाइतेको होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। जीप चालक विशाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २८ श्रावण २०७५ १०:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App