coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धौलीगंगा ड्याम खोलियो

दार्चुला- महाकाली नदीको सहायक नदी धौलीगंगा नदिको ड्याम खोलीएको छ। भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित  धौलीगंगा  जलविद्युत परियोजनाको बाँध खोलिएको हो। लगातारको वर्षाले  बाधँमा पानीको मात्रा बढेको र नियमित सरसफाइ समेत गर्नुपर्ने भएकोले सोमबार बिहान ७ बजे  देखी परियोजनाको बाँध खुला गरीएको जानकारी भारतीय स्थानीय  प्रशासनले गराएको   जिल्ला प्रशासन  कार्यालय दार्चुला जनाएको छ।

 बाधँको पानी खोलिदा महाकाली नदी तटिय क्षेत्रमा जोखीम बढ्ने भएकोले पुर्व सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशीले बताए। बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ। दार्चुलादेखी बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतको स्थानीय प्रशासनले अनुरोध गरेको  छ।

खासगरी दार्चुलाको ब्यास, दुहू, मालिकार्जुन र लेकम गाउँपालिकाका साथै महाकाली नगरपालिकामा नदीतटीय क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई सुरक्षित भएर बस्न एवं तुइन, ट्युबको प्रयोगगरी महाकालीमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले सचेत  गरेको हो।

पछिल्लो समय भारतीय प्रशासनले बाँध खोल्ने समयबारे जानकारी गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नबराज अधिकारीले बताए। गत महिना दार्चुलामा सम्पन्न नेपाल र भारतका जिल्ला अधिकारीहरुको सिमा सुरक्षा बैठकमा बाँधको पानी छाड्ने समयबारे पूर्व सूचना आदानप्रदान गर्ने सहमति भएअनुसार भारतीय प्रशासनले जानकारी गराउँदै आएको छ। २८० मेगावाट विद्युत क्षमताको धौलीगंगा बाधँ यस वर्षमात्रै चारपटक खोलिएको छ। यसै बारेको बाधका कारण महाकाली नदीमा बाढी आउने गरेको छ। बांध खोलिएको भएपनि अझै खतराको लेबलसम्म पुगेको छैन।

प्रकाशित: २८ श्रावण २०७५ १०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App