८ वैशाख २०८१ शनिबार
समाज

घामको भरमा चल्छ दार्चुलाको सञ्चार सेवा

दार्चुला - नेपाल टेलिकमको सञ्चार सेवा दार्चुलामा घामको भरमा चल्ने गरेका छन। लगातार मौसम खराब भई घाम नलागेपछि नेपाल टेलिकम दार्चुलाको ल्याण्डलाइन, मोबाइल फोन र इन्टरनेट सेवा पटक पटक ठप्प  हुने  गर्दछन्।

शनिबार रातीदेखी टेलिकम दार्चुलाको स्काई, नमस्ते, एडिएसएल इन्टरनेट लगायत सबै सेवाहरु फेरी दुई दिनसम्म ठप्प रही पुनः संचालनमा आएपनि कती सम्म धान्ने हो त्यो मौसममै निर्भर रहेको छ। टेलिकमको मालिकार्जुन गाउँपालिकाको बालशिखरस्थित मेन रिपिटर टावरमा सोलार ब्याट्रि चार्ज नभएर सेवा अवरुद्ध हुने गरेको बताइएको छ।

अहिलेसम्म बालशिखरमा विद्युतिकरण हुन नसक्दा सोलारको भरमा मेन रिपिटर टावर सञ्चालन हुँदै आएको छ। उच्च क्षमताको सोलार पाता र व्याट्रि जडान गरीएको भएपनि घाम नलागेर बर्षातको समयमा पटकपटक सेवा बन्द हुने गरेको छ। बैंक तथा वित्तिय संस्थाहरु, सञ्चारमाध्यम, सरकारी तथा गैरसरकारी कार्यालय लगायत आम सेवाग्राहिहरुले सञ्चार अभावमा समस्या भोग्नुपरेको छ। 

आर्थिक बर्ष २०७१/०७२ सालदेखी उक्त क्षेत्रमा विद्युत पुर्याउने काम भएपनि विद्युत प्राधिकरणले समयमै निर्माण सामाग्री उपलब्ध गराउन नसक्दा र ठेकेदारको लापरवाहिले काममा हालसम्म प्रगति हुन सकेको छैन। पुरानो काम सम्पन्न नहुँदा बालशिखरसम्म विद्युत लाइन बिस्तार गर्न ढिलाइ भइरहेको नेपाल बिद्युत प्राधिकारण बितरण केन्द्र दार्चुलाले जनाएको छ।  

 

प्रकाशित: २८ श्रावण २०७५ १०:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App