७ वैशाख २०८१ शुक्रबार
समाज

इलाममा स्कुले बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते

दुर्घटनामा परेकाे बस।

इलाम - मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका १, बाघखोरमा सोमबार भएको स्कुल बस दुर्घटनामा १४ विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये ११ जनाको इलाममा उपचार हुन नसकेपछि झापाको बि एन्ड सी अस्पताल लगिएको छ। 

इलाम र पाँचथरको सीमा राँकेबाट विद्यार्थी लिएर आउँदै गरेको साखेजुङस्थित आशादीप बोर्डिङ स्कुलको मे १ ख १९५५ नम्बरको बस दुर्घटना भएको हो। विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिनेक्रममा सडकबाट करिब १५ मिटर तल खसेर बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेमध्ये ३ जनाको इलाम अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बस चालक इलाम नपा १ का ३८ वर्षे दिलबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रकाशित: २८ श्रावण २०७५ ०८:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App