coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

मंसिरमा पुग्यो ‘सुश्री सम्पत्ति’

काठमाडौं  – आगामी भाद्र २२ मा रिलिज मिति तोकिएको फिल्म ‘सुश्री सम्पति’ अब मंसिर २८ मा रिलिज हुने भएको छ। सञ्चारकर्मी सुब्रत आचार्य निर्देशित फिल्मले पोस्ट प्रोडक्सनको काममा केही ढिलाइ हुने भएपछि प्राविधिक कारण जनाउँदै रिलिज मितिलाई मंसिरमा पु-याएको हो।

निर्देशक आचार्यले भाद्र २२ लाई वितरकसँगकै सल्लाह अनुसार रिलिज मिति तय गरे पनि केहि प्राविधिक काम बाँकी रहेकाले रिलिज सारिएको बताए। ‘वितरकसँगकै आपसी छलफलका कारण हामीले नयाँ रिलिज डेट मंसिर २८ लाई तय गरेका छौ। हामीले यो समयमा फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम राम्रोसँग सक्नेछौं,’उनले भने, ‘पब्लिसिटीमा पनि राम्रोसँग ध्यान दिनका लागि समय सारेका हौं।’

फिल्मको पहिलो गीत ‘हुकुम बक्सियोस्’ सार्वजनिक गर्न केही समय अघि राजधानीमा आयोजित कार्यक्रममा निर्माण टिमले रिलिज डेट केहि दिनमा घोषणा गर्ने बताएको थियो। फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली, विनोद न्यौपाने, प्रमोद अग्रहरि, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीको अभिनय छ । फिल्ममा नायिका प्रियंका कार्की अतिथि भूमिकामा छिन्।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको फिल्ममा विज्ञान राई, नुनम सुब्बा र रमन शिलाकार निर्माता छन्। फिल्ममा सुब्रतको कथा, अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद, निरवीकै पटकथा र भरत रेग्मीको सम्पादन छ।

प्रकाशित: २८ श्रावण २०७५ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App