८ वैशाख २०८१ शनिबार
राजनीति

कर्मचारी नेताले उपसचिव कुटे

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीसँग निकट नेपाल निजामति कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्यलाई हातपात गरेका छन्।

एक कर्मचारीको सरूवाको विषयमा उपाध्यक्ष भण्डारी र उपसचिव आचार्यबीच भनाभन हुँदा भण्डारीले आचार्यलाई हातपात गरेको मन्त्रालय स्रोतले जनाएको छ। हातपातको घटनामाथि छानबिन भइरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताएका छन्। ‘मन्त्रालयभित्रै उपसचिवको कार्यकक्षमा हातपात हुनु दुभाग्र्यपूर्ण हो। घटनालाई मन्त्रालयले गम्भीर रूपमा लिएर छानबिन थालेको छ,’ प्रवक्ता अधिकारीले भने।

यस विषयमा बुझ्न आचार्यसँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन।

प्रकाशित: २८ श्रावण २०७५ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App