गाउँलेले घेरे सिडिओ : ‘खोलामा एक्साभेटर चल्दा गाउँ जोखिममा’

आइतबार, २७ साउन २०७५, २१ : ०४ ध्रुव दङ्गाल

सिन्धुपाल्चोक– बर्खायाममा अनधिकृत रुपमा बह्मायाणी नदीमा एक्साभेटर चलाइँदा १ सय ३० घरधुरीको जलवीरेस्थित हिले गाउँ जोखिममा परको भन्दै गाउँलेले आइतबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई घेरेका छन्।

नदीबाट ढुंगागिटी, बालुवा उत्खनन् गर्न एक्साभेटर चलाइँदा जलवीरे–कात्तिके सडक खण्डमा पर्ने बह्मायणी किनारको उक्त गाउँ जोखिममा परेको भन्दै सदरमुकाम आएका गाउँलेले सिडिओ घेरेका हुन्। ५० भन्दा बढीको संख्यामा आएका स्थानीयले प्रजिअ कृष्णप्रसाद अधिकारीको कार्यकक्ष घेर्दै रोडा, बालुवा निकाल्न बस्तीमूनि एक्साभेटर लगाइँदा गाउँ बग्न थालेको गुनासो गरे। 

‘भूकम्पले भत्काएको घर बल्लतल्ल पुनर्निर्माण गरेका थियौं। त्यही पनि नदीले तान्न थाल्यो। गाउँ क्रमशः झर्दै छ’, स्थानीय घमेश दुलालसहितको अगुवाइमा आएका गाउँलेले एकैस्वरमा दुःखेसो पोखे। उनीहरुले ‘चुल्ठे, मुन्द्रे र गुन्डागर्दीको बलमा’बस्तीमूनि जथाभावी एक्साभेटर चलाइँदा जोखिम निम्तिएको बताए। 

दुलालले बस्तीलाई आड दिइरहेको स्थानमा एक्साभेटर चलाएर गिटी, बालुवाको चरम दोहन गर्दा जमिन नदीतिर तानिएको बताए। ‘जमिन चलेपछि बस्ती माथिबाट पनि पहिरो झर्न थालेको छ,’ उनले नागरिकसँग भने। भूकम्पले लडाएको बस्ती गाउँलेले केही समयअघि मात्र पुनर्निर्माण सकेका थिए। 

नदीले घर तान्न थालेपछि पाँच परिवार बिस्थापित भइसकेका छन्। एक्साभेटरले जमिन खोतल्दा नदीले अतिक्रमण गरिरहेको बस्ती र माथिबाट खसिरहेको पहिरोबीच असुरक्षा महसुस गर्दै रात बिताउन बाध्य भएको गाउँलेले गुनासो गरेका छन्।

नदी नजिकको आफ्नो घर तलतिर सर्दै चर्किन थालेको स्थानीय भरत खड्काले बताए। ‘पाँच जनाको परिवार डरले दुई दिनदेखि छिमेकीकोमा सरेका छौँ। जमिनै चल्न थालेकाले त्यहीँ पनि सुरक्षा अनुभव छैन,’ उनले भने। सँगैकी मिना खड्काको परिवार पनि घर छोडेर बिस्थापित भइसकेको छ। नदीले घर तानिरहेको उनले बताइन्। 

बर्खामा नदीजन्य पदार्थ निकाल्न नपाइने नियम विपरित एक्साभेटर लगाइँदा समेत प्रहरी प्रशासन मुकदर्शक बनेको भन्दै स्थानीयले प्रजिअ अधिकारीसँग आक्रोश पोखे। ‘भूकम्पले भत्काएको घर बल्ल बनाएको थियौं। त्यो पनि बहेपछि कहाँ जाऔँ,’ उनीहरुले अधिकारीसँग प्रश्न गरे। एक्स्काभेटर लगाइने स्थलको तीन किमी दुरीमा इलाका प्रहरी कार्यालय जलवीरे रहेपनि मुकदर्शक बन्दै आएको उनीहरुले आरोप लगाए।

स्थानीय तहको चुनावपछि एक्स्काभेटर लगाएर नदी दोहन तीब्र पारिँदै आएको स्थानीय शिक्षक हरिचन्द्र खड्काले बताए। ‘बर्खा लागेपछि रातभर नदीमा एक्स्काभेटर चलाइन्छ। नजिकको प्रहरीले देखेको नदेखै गर्दा गाउँ बग्नै लाग्यो,’ उनले भने। उनका अनुसार गाउँ बग्ने खतरा देखेपछि स्थानीय ५६ गाउँलेको हस्ताक्षरसहित साउन १ गते निवेदनसाथ स्थानीय प्रशासनले ध्यानाकर्षण गराएका थिए। तर रातभर एक्स्काभेटर चल्न छोडेन। 

असुरक्षा महसुस गरी स्थानीयले एक्स्काभेटर धनी र एक्स्काभेटर चलाउने व्यक्ति तथा समूहको नाम प्रजिअ अधिकारीसँग भन्न सकेनन्। ‘एक्स्काभेटर नियन्त्रणमा लिन निकै प्रयास ग¥यौँ। तर चुल्ठे, मुन्द्रे र गुण्डाको तैनाथीमा एक्स्काभेटर चल्ने रहेछ। त्यसपछि हच्कियौँ,’ अर्की स्थानीय देवीका दुलालले सुनाइन्। 

एक्स्काभेटर त के बर्खाको असार, साउन र भदौमा मानवीय शक्ति लगाएर समेत नदी उत्खनन् गर्न नपाइने व्यवस्था छ। स्थानीयका अनुसार एक्स्काभेटर लगाएको स्थानमा झण्डै २० मिटर फराकिलो पहिरो निम्तिएपछि ५० मिटरमाथिको जमिन चर्किँदा बस्ती भेटेको हो। 

स्थानीय तहको चुनावपछि अहिले जोखिममा परेको हिले क्षेत्रमा बलेफी गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन् अनुमति दिएको थियो। स्थानीय अमृत थापाले अनुमति पाएको उक्त क्षेत्रमा राजन श्रेष्ठसहितका १५ जनाको समूहले सुरुदेखि एक्स्काभेटर चलाउँदै आएको स्थानीयको दाबी छ। बस्ती जोखिममा परेपछि गाउँपालिका भने एक्स्काभेटर नभइ मानवीय शक्ति प्रयोग गरी गिटी, बालुवा उत्खनन् अनुमति दिएको भन्दै पन्छिएको उनीहरुको आरोप छ। 

प्रजिअ अधिकारी नदीमा जथाभावी मेसिनरी औजार प्रयोग गर्ने व्यक्ति तथा व्यवसायीसँग कडा रुपमा प्रस्तुत हुने बताउँछन्। ‘प्रहरीलाई अनुगमन तीव्र बनाइ त्यस्ता कार्य रोक्न निर्देशन दिइसकेका छौँ,’ उनले भने। बस्ती नै बग्न लागेको हकमा भने सबैभन्दा पहिला स्थानीय सरकारको ध्यानाकर्षण गराउनु पर्ने अधिकारीले जिकिर गरे। ‘त्यसपछि स्थानीय प्रशासनले आवश्यक समन्वय गर्ने कुरा आउँला,’ उनले भने।








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad