६ वैशाख २०८१ बिहीबार
खेल

सिजनको पहिलो खेलमै लिभरपुलको उत्कृष्ट प्रदर्शनमा वेष्ट ह्याम पराजित

काठमाडाैं - यस सिजनको इङलिस प्रिमियर लिगको पहिलो खेलमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई ४-० गोल अन्तरले पराजित गर्दै जारी सिजनमा सुखद सुरुवात गरेको छ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलको १९ औं मिनेटमा लिभरपुलले मोहमद सलाहाको गोल मार्फत अग्रता बनाएको थियो। रोवर्टसनको पासमा सलाहाले डिबक्स भित्रबाट प्रहार गरेको बल गोलमा परिणत हुन पुग्दा लिभरपुलका लागि जारी सिजनको पहिलो गोलकर्ता सलाहा बन्न पुगे। पहिलो हाफमा दुई गोलको अग्रता कायम गरेको लिभरपुलका लागि पहिलो हाफको दोश्रो गोल इन्जुरी समयमा हुन पुग्यो। लिभरपुलका जेम्स मिल्नरले उपलब्ध गराएको बलमा साडियो मानेले गोल गरे।

पहिलो हाफमा २ ० को अग्रता बनाएको लिभरपुलले दोश्रो हाफमा समेत २ गोल थप्यो। दोश्रो हाफको ५३ औं मिनेटमा मानेले आफ्नो टोलीको लागी व्यक्तिगत दोश्रो गोल थप्दै अग्रतालाई ३ ० मा पुर्याए। उनले फर्मिनोको पासमा गोल गरे। यस्तै लिभरपुलका लागि चौथो गोल भने खेलको ८८ औं मिनेटमा ड्यानियल स्ट्रडेजले गरे। उनले कर्नर किक मार्फत आएको बललाई पोष्टको जाली चुमाएका थिए। 

जितसँगै लिभरपुलले महत्वपूर्ण ३ अंक जोडेको छ । 

 

प्रकाशित: २७ श्रावण २०७५ १४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App