coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पूर्वकेन्द्रीय सदस्य राणाकाे निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं - नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य स्व. भरत शम्शेर राणाप्रति सम्मान प्रकट गर्दै तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। 

पार्टीका कार्यवाहक सभापति विमलेन्द्र निधिको अध्यक्षतामा अाइतवार बसेको कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले राणाको निधनमा यही साउन २७, २८ र २९ गते पार्टी केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो।

बैठकले साउन २८ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने तथा १३ औं दिनमा केन्द्रीय कार्यालयमा शोकसभाको आयोजना गर्ने निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

काङ्ग्रेसका पुराना अग्रज नेता राणाको यही साउन २५ गते भारतको कोलकातामा निधन भएको थियाे। बिपी कोइराला प्रधानमन्त्री रहेका नेपालको प्रथम संसद्मा गोर्खा परिषद्को नेताको हैसियतले राणा प्रमुख प्रतिपक्षी दलको नेता थिए। विसं २०१७ को प्रतिगामी कदमसँगै बिपीलगायतका नेता कार्यकर्तालाई गिरफ्तार गरिएपछि सो घटनाको विरुद्धमा उभिँदै स्व राणाले आफ्नो सिङ्गो पार्टीलाई विनाशर्त कांग्रेसमा विलय गराएका थिए।

तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईको कार्यकालमा राणा केन्द्रीय सदस्य रहेका थिए। बैठकले स्व राणाको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति समवेदना समेत प्रकट गरेको छ। रासस

 

प्रकाशित: २७ श्रावण २०७५ १४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App