विप्लवका प्रवक्तालाई थप ३ दिन थुनामा राख्न अनुमति

आइतबार, २७ साउन २०७५, १८ : ५३ नागरिक

काठमाडौं– काठमाडौं जिल्ला अदालतले चन्दा असुलीको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई थप ३ दिन थुनामा राख्न अनुमति दिएको छ। 

विश्वकर्मा चन्दा असुलीको आरोपमा चालक र सहयोगीसहित साउन २२ गते दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट पक्राउ परेका थिए। 

उनीमाथि थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंले १५ दिनको समय माग गरेपनि अदालतले थप ३ दिन थुनामा राख्न अनुमति दिएको हो। ७ करोड रुपैयाँ चन्दा असुलेको आरोपमा उनीमाथि चन्दा असुल ऐन अन्तर्गत अनुसन्धान भइरहकाे काठमाडाैं प्रहरी प्रमुख एसएसपी विश्वराज पाेखरेलले जानकारी दिए। 

उनका अनुसार विश्वकर्मामाथि अनुसन्धानका लागि यसअघि अदालतले ५ दिनको समय दिएको थियो। 

यसैबीच विश्वकर्माको रिहाइको माग गर्दै आजै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ। विश्वकर्माका छोरा छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै गृह मन्त्रालय, काठमाडौं जिल्ला अदालत, प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाई रिट दायर गरेका हुन्।








यसमा तपाईको मत

अन्य समाचार

पल्सर डेयर भेन्चरले भोलि रंगशाला  सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि रंगशाला सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि हुने नेपाल र भुटानबीचको फाइनल खेल समापन पश्चात स्टेडियम सफा गर्ने जनाएको छ। ...

लिखु–एको भूमिगत काम सम्पन्न

लिखु–एको भूमिगत काम सम्पन्न

एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...

मेडिकल एन्ड ल्याब एक्सपो हुने

मेडिकल एन्ड ल्याब एक्सपो हुने

इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad