८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

नेपालको संघीयता ‘शेयरिङ अफ पावर’को मर्म विपरित गइरहेको छः प्रेम शर्मा

संघीयता र स्थानीय शासन विज्ञको रुपमा परिचित प्रा.डा. प्रेम शर्माले नेपालमा अध्ययन नगरी संघीयताको सुरुवात गरिएकाले अहिले समस्या भएको बताएका छन्। शर्माले सरकारले अभ्यासमा ल्याएको स्थानीय तह र संघीयताको संरचना नै त्रुटिपूर्ण भएको दाबी गरे।

संघीयताको खास उद्देश्य ‘सेयरिङ अफ पावर’मा भएपनि नेपालमा भिन्न अभ्यास भइरहेको शर्माले बताए। केन्द्र र स्थानीय सरकारका बीचमा समन्वयको अभाव हुन थालेको, प्रदेशका जनप्रतिनिधि आफ्नो जिम्मेवारीमै अन्योल भइरहेको भन्दै प्राध्यापक शर्माले संघीयतालाई हचुवा र बाह्य देशको लहडमा ल्याउँदा यस्ता समस्या आएको दाबी गरे। उनले भने– ‘स्थानीय सरकार बनेको एक वर्ष बढि भयो तर, काम कछुवा गतिमा भइरहेको छ, समन्वयको अभाव छ, हिजोको परम्परागत शैलीमै काम गर्न खोजिएका कारण धेरै शंका उपशंका उब्जिएको छ।’

उनले संघीयताको प्रयोग कार्यान्वयनमा ल्याउँदा हठात ल्याएका कारण समस्या देखिएको बताए। ‘नेपालमा संघीयताको शासन शैलीबारे कहिलेपनि अध्ययन भएकै छैन, उनले भने, ‘तराईमा टायर बलेपछि अन्तरिम संविधानको चौथो संशोधनमा संघीयता ल्याउने भनेर हठात ल्याइएको हो।’

पछिल्लो चरण दोहोरो करले समस्या पारेको विषयमा प्रतिक्रिया दिँदै उनले भने, ‘सरकार प्रष्ट छैन, त्यसैले यस्ता समस्या आएका हुन्।’ संघीयता भनेको अधिकार वाँडेर लिने भएपनि यहाँ केन्द्रले अधिकार होल्ड गर्न खोजेपछि समस्या देखिएको उनको भनाई छ। उनले संघीयतामा कुनै सरकारलाई पनि हस्तक्षेप नगरी संविधानमा उल्लेख गरिएको अधिकार प्रयोग गर्न नदिए थप समस्या पर्ने बताए।

रेडियो नागरिकका लागि सागर न्यौपानेले शर्मासँग गरेको कुराकानी सुन्न तलको लिंकमा सुन्न सकिन्छ।

प्रकाशित: २७ श्रावण २०७५ १२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App