coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

महिला उद्यमीद्वारा जिल्लामै पहिलाे ह्याचरी मेसिन सञ्चालन

मेसिन हेर्दै नगर प्रमुख र उपप्रमुख।

बाजुरा - अगुवा किसान सरिता रौलेले जिल्लामा कुखुरा उत्पादन गर्ने ह्याचरी मेसिन सञ्चालनमा ल्याएकी छन्। स्थानीय स्तरमै उपलब्ध अण्डाबाटै कुखुराका चल्ला उत्पादन गर्न सरिताले जिल्लामै पहिलो पटक ह्याचरी मेसिन सञ्चालनमा ल्याएकी हुन्।

ह्याचरी मेसिन त्रिवेणी नगरपालिका र सुआहाराको संयुक्त सहयोगमा प्राप्त गरेको सरिताको बताइन। सरिता सफल किसान हुन्। विगत ४ वर्षदेखि खेती किसानी पेशामा संलग्न सरिताले तरकारी तथा पशुपालन व्यवसायबाट मात्र बार्षिक २ लाख बढी बचत गर्ने गरेकी छन्।

ह्याचरी मेसिन सञ्चालनमा आएसँगै कुखुराका चल्ला जिल्लामै उत्पादन हुने भएका छन्। मेसिनले एकै पटक ४ सय ३३ वटा कुखुराका चल्ला उत्पादन गर्ने त्रिवेणी नगरपालिकाका पशु सेवा शाखा प्राविधिक पशुपति नाथले बताइन। कुखुराका चल्ला हाल जिल्ला बाहिर धनगढी तथा डडेल्धुराबाट आउने गरेका छन्। 

नगरपालिकाको ३ लाख २० हजार र सुआहाराको ८२ हजार गरी ४ लाख २ हजार मूल्यमा उक्त मेसिन खरिद गरिएको हो। उक्त मेसिन नगर प्रमुख रामसिंह रावलले रौलेलाई औपचारिक कार्यक्रमका बीच हस्तान्त्रण गरेका हुन। 

‘उद्यम पुरुषले मात्र गर्छन्, महिलाले साहस गर्दैनन् भन्ने थियो, मैले तरकारी देखि पशुपालन व्यवसाय गरिरहेकी छु, अब कुखुरा उत्पादन गरेर राम्रो आम्दानी लिने सोच छ,’ रौलेले भनिन्। उनले स्थानीय उत्पादनको प्रवद्र्धनमा ह्याचरी व्यवसायले फाइदा पुग्ने बताइन।

उत्कृष्ट काम गर्ने नमुना किसानलाई थप हौसला प्रदान गर्न सहयोग गरिएको नगर प्रमुख रामसिंह रावलले बताए। कुखुरा पालन व्यवसायलाई प्रवद्र्धन गर्नमा ह्याचरी प्रविधिले थप सजिलो हुने सुआहारा जिल्ला कार्यक्रम संयोजक पुष्प रावलले बताए। 

प्रकाशित: २७ श्रावण २०७५ ११:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App