७ वैशाख २०८१ शुक्रबार
प्रवास

अक्टोबरमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन हुँदै, प्रधानमन्त्री ओलीले उद्धघाटन गर्ने

लण्डन - काठमाडाैंमा अागामी अक्टाेवरमा हुने अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको उद्धघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले  गर्ने भएका छन्। गैरआवासीय नेपाली संघ र नेपाल सरकारले आगामी अक्टोबरमा संयुक्त रुपमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको अक्टोबर १२ देखि १५ सम्म  ताहाचलस्थित सोल्टी क्राउन प्लाजामा हुने छ। 

सम्मेलन मार्फत विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरु र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरुसँग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्वविद्यालय, अनुसन्धान केन्द्र तथा व्यवसायिक संस्थालाई जोड्न मद्दत पुग्ने संयोजक डा. हेमराज शर्माले वताए।

गैरआवासीय नेपालीहरुले उनीहरुसँग भएको ज्ञान, सीप र प्रविधि नेपालको हितमा लगानी गर्ने सेतुको रुपमा सम्मेलनलाइ लिइएको उनको तर्क थियो। सम्मेलनमा सहभागी हुने अधिकांश विज्ञहरुको टुङ्गो लागिसकेको गैरआवासीय नेपाली संघले जनाएको छ। सम्मेलनको पूर्वतयारी स्वरुप अमेरिका र यूरोपमा मिनी विज्ञ सम्मेलन भइसकेको छ भने मध्य पूर्व क्षेत्रिय बैठकमा समेत यसबारे विशेष छलफल हुने भएको छ। 

प्रकाशित: २७ श्रावण २०७५ ११:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App