coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कम्युनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिल्यै पनि खतरा हुँदैनः प्रम ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र  मानअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन्। नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितीलाई आइतबार प्रधानमनत्री निवास बालुवाटारमा बधाइ दिँदै प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको, त्यसका लागि आफू १४ वर्ष जेल बसेको, पार्टीका कयौं नेता तथा कार्यकर्ता सहिद भएकोले वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने बताए। 

माइतीघर मण्डलाको विषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको ओलीको भनाइ छ। “माइतीघर मण्डला के आमसभा, जुलुस गर्न उपयुक्त ठाउँ हो त ?” ओलीको प्रश्न छ “अनि यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोज्ने ?”

“नेकपा लोकतन्त्रको जन्मदाता हो। यही पार्टीको सरकार भएका बेला लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन” उनले भने,“यो कुरा मिडियाले पनि बुझन् पर्छ।”

ओलीले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन मिडियाको ठूलो भूमिका हुने बताए। केही सञ्चार माध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकोमा ओलीले असन्तुष्टी व्यक्त गरे। उनले भने “अहिले लेखिएका कुरा २० वर्षपछि हेर्दा पनि सत्य र सान्दर्भीक हुनुपर्छ।”  ओलीले १० वर्षमा नेपाललाई कायाकल्प गर्न सकिने बताए।

कृषिमा आश्रित जनसंख्यालाई २ वर्षमा २० प्रतिशतमा झार्ने तर यसको उत्पादकत्व हालको भन्दा कयौं गुणा बढाउने सरकारको लक्ष्य रहेको ओलीको भनाइ थियो। प्रधानमन्त्री ओलीले सोसाइटीका अध्यक्ष शुभशंकर कडेल लगायत कार्यसमितीलाई सफल कार्यकालको शुभकामना दिएक छन्।

प्रकाशित: २७ श्रावण २०७५ १०:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App