७ वैशाख २०८१ शुक्रबार
समाज

खुल्ला दिसामुक्त तेह्रथुममा सार्वजनिक शाैचालयकै अभाव, नागरिकलार्इ सास्ती

सार्वजनिक शौचालय नभएको सदरमुकाम नजिकैको जिरिखिम्ती बजार।

तेह्रथुम - खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको तेह्रथुम जिल्लाका मुख्य बजारहरुमा समेत सार्वजनिक शौचालय नहुँदा नागरिकहरुलाई समस्या हुने गरेकोेछ। जिल्लाको मुख्य बजारको रुपमा रहेको म्याङलुङ नगरपालिकाकोे जिरिखिम्तीबजार, मेन्छ्यायेम गापाको मोराहाङबजार, फेदापगापाको पोक्लाबाङबजार, लालीगुराँस नगरपालिकाको लशुनेबजार र छथर गाउपालिकाको सुक्रबारे बजारमा समेत सार्वजनिक शौचालय नहुँदा नागरिकहरुलाई समस्या भएको छ। तेह्रथुमलाई दुई वर्ष अघिनै तामझामका साथ खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिए पनि अहिले सम्म यहाँका मुख्य बजारहरुमा सार्वजनिक शौचालय निर्माण नहुँदा समस्या भएको हो। 

सार्वजनिक शौचालय नहुँदा बजारमा किनमेल गर्न आउने नागरिकहरु र यात्रुहरुलाई मुख्य समस्या हुने गरेको छ । मुख्य बजारहरुमा शौचालय नहुँदा बजार आसपासमा दुर्गन्धीत हुने गरेको जिरिखिम्ती बजारबासी यादबमणी दाहालले बताए। पटक पटक सार्वजनिक शौचालय निर्माणका लागि पहल गरे निर्माणमा कुनै पक्षले ध्यान नदिएको उनले बताए।

साबिकाका गाबिसहरु आम्बुङ, मोराहाङ,ओयाक्जुङ, साब्ला, जिरिखिम्ती र सोल्माका नागरिकह्रु दैनिक उपभोेग्य बस्तु खरिदका लागि समेत जिरिखिम्ती बजारमा आउने गरेका छन्। गन्तब्यमा जानका लागि  गाउँगाउँबाट गाडी चढ्न आउने तथा गाडीबाट अन्यत्र जाने नागरिकहरुले समेत शौच गर्न समस्या हुने गरेको बताएका छन्। उनिहरुले शाैच गर्नका लागि नजिकैको पसलमा चिया नास्ता खाने बहाना गर्नुपर्ने समेत दुखेसो पोखेका छन्। 

जिल्लालाई तामझामका साथ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि लालीगुराँस नगरपालिकाको लशुनेबजार , मेन्छ्यायेम गापाको मोराहाङ बजार लगायतका मुख्य बजारहरुमा समेत सार्वजनिक शौचालय नहुँदा नागरिकहरु अझै पनि शौचका लागि जंगल र झाडी धाउन बाध्य भएका छन्। 

प्रकाशित: २७ श्रावण २०७५ १०:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App