८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपाको अध्यक्षका लागि ५ जनाको नाम सिफारिस

तस्बिरमा क्रमश: पूर्व एमाले जिल्ला अध्यक्ष नगिन्द्र शाही र पूर्व माओवादी केन्द्र जिल्ला इन्चार्ज धन्जीत शाही ।

कालिकोट– नेपाल कम्युनिष्ट पार्टीको जिल्ला अध्यक्षका लागि ५ जनाको सिफारिस भएको छ। तत्कालीन एमालेका जिल्ला अध्यक्ष नगिन्द्र शाही र माओवादी केन्द्रबाट ४ जनाको सिफारिस भएको छ। माओवादीबाट धन्जीत शाही, शैलेन्द्र आचार्य, गणेश शाही र भुमी योगीको नाम सिफारिस भएको हो। 

कर्णाली प्रदेशबाट तत्कालीन एमालेका नेता यमलाल कंडेल र माओवादी नेता जनार्दन शर्मालाई प्रतिवेदनको जिम्मा दिइएको थियो। कर्णाली प्रदेशका १० वटै जिल्लाबाट जिल्ला नेतृत्व र प्रदेश नेतृत्वको प्रतिवेदन केन्द्रमा गएको नेकपाले जनाएको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु पद लिनको लागि छहलपहल निकै पढेको छ। पार्टी एकीकरणको लामो समयपछि जिल्ला नेतृत्व तोक्न पार्टी केन्द्रीय समितिले पहल थालेपछि जिल्लामा नेताहरूबीच ठुलो प्रतिष्पर्धा हुनेक्रम रहेको छ। 

जिल्ला अध्यक्ष पद आफनो पोल्टामा पार्न पूर्व एमाले र  पूर्व माओबादी केन्द्रका जिल्ला अध्यक्ष संघीय राजधानी पुगेका छन्। जिल्ला अध्यक्ष बन्नका लागि पूर्व एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाहीको एमालेबाट एकल सिफारिस भएको छ। माओवादीबाट भने ४ जनाको नाम केन्द्रमा गएको छ। पूर्व एमालेका जिल्ला अध्यक्ष शाही प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा माओवादीलाई हार्दिकता देखाएकाले अब पार्टी नेतृत्व आफूलाई दिनुपर्ने दावी गरिरहेका छन्।

प्रकाशित: २७ श्रावण २०७५ ०९:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App