७ वैशाख २०८१ शुक्रबार
समाज

विराटनगर महानगरमा बम विष्फोट

बम विष्फोटबाट क्षतिग्रस्त भएको मेयरको गाडि। तस्बिर:चुमन बस्नेत/नागरिक

विराटनगर– विराटनगर महानगरपालिकामा आज अपरान्ह बम विष्फोट भएको छ। महानगरका मेयर भिम पराजुलीको कार्यकक्ष अगाडि बम विष्फोट भएको हो। विष्फोट गराइएको बम प्रेसर कुकर बम रहेको प्रहरीले जानकारी दिएको छ।

यो विष्फोटबाट कुनै मानविय क्षति भएको छैन। उपमेयर इन्दिरा कार्की मेयरको कार्यकक्षतर्फ जाँदै गर्दा विष्फोट हुन पुगेको थियो। कार्की पनि सकुशल रहेकी छिन्। विष्फोट कसले गराएको हो भन्ने यकिन भएको छैन। अहिले महानगर परिसरमा प्रहरीको बाक्लो उपस्थिति छ। कार्यालय खाली गरि प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।

यसैबीच विराटनगर महानगरका मेयर भिम पराजुलीले विष्फोटको घटनाको निन्दा गर्दै सेवाग्राहीको बाक्लो उपस्थिति रहने ठाँउलाई लक्षित गर्नु ज्यादै दु:खदायी भएको बताए।

मोरङ प्रहरी प्रमुख एसपी मनाेज केसीले विष्फोटको घटनापछि सिसिटिभि फुटेजका अाधारमा ६/७ जना पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए।

विष्फोटबाट कार्यालयको भवनको झ्याल र पर्खालमा क्षति पुगेको छ भने मेयर चढ्ने गाडिको सिसा फुटेको छ।

बम विष्फोटबाट क्षतिग्रस्त भएको मेयरको गाडि। तस्बिर:चुमन बस्नेत/नागरिक
बम विष्फोटबाट क्षतिग्रस्त भएको मेयरको गाडि। तस्बिर:चुमन बस्नेत/नागरिक
बम विष्फोटबाट क्षतिग्रस्त भएको मेयरको गाडि। तस्बिर:चुमन बस्नेत/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App