६ वैशाख २०८१ बिहीबार
अर्थ

भ्रमणका नाममा पाँच महिनामा ६ लाख खर्च

सुर्खेत – कर्णाली प्रदेशका मन्त्रीहरूले पाँच महिनाको अवधिमा भ्रमण खर्चवापत ६ लाख रुपैयाँ राज्यकोषबाट सकेका छन्। फागुनदेखि असार मसान्तसम्म मुख्यमन्त्रीसहित सात जना मन्त्रीहरूले भ्रमणवापत ६ लाख २ हजार २ सय रुपैयाँ खर्च गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार यो अवधिमा सबैभन्दा धेरै खर्च भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले गरेकी छन् भने सबैभन्दा कम सामाजिक विकास मन्त्री दल रावलले गरेका छन्। सरकारकी प्रवक्तासमेत रहेकी केसीले फागुन ६ गतेदेखि असार मसान्तसम्म १ लाख ४८ हजार २ सय २५ रुपैयाँ भ्रमण खर्चवापत रकम लिएकी छन् भने सामाजिक विकास मन्त्रीले यो अवधिमा ४ हजार ५ सय रुपैयाँ मात्रै भ्रमण खर्चवापत लिएका छन्।

मुख्यमन्त्री कार्यालयका अनुसार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले १ लाख २९ हजार ३ सय, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ९२ हजार ६ सय, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले ९० हजार ४ सय २५, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले ७२ हजार ४ सय २५ र भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीले ६४ हजार ७ सय २५ रुपैयाँ भ्रमण खर्चवापत रकम लिएका थिए।

कर्णाली प्रदेशमा फागुन ३ गते मुख्यमन्त्री र फागुन ६ गते मन्त्रिपरिषद् गठन भएको थियो। मुख्यमन्त्रीले दैनिक २ हजार ५ सय, मन्त्रीहरूले दैनिक २ हजार रुपैयाँ भ्रमण भत्ता पाउँछन् भने यातायात खर्च र दैनिक ५ सय रुपैयाँ थप फुटकर खर्च पाउने गरेका छन्। 

प्रकाशित: २७ श्रावण २०७५ ०८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App