पाँचथर – जब म उम्रीए पातालबाट, बर्सीए आकाशबाट
मात्र म पानी थिए निर्मल, निश्चल, सङ्लो पानी
धर्तीमा उभिएको के थिए मुन्धुम, धमपद, वेद, कुराण, बाइबलबाट
एक्कासी बेलिएछु, घोलिएछु
र अचानक सेतो भएछु, निलो भएछु, हरियो भएछु, पहलो भएछु, रातो भएछु
कालो भएछु र क्रमशः धमिलो भएछु
प्रकाश आङदेम्बेलाई फिदिममा सुनिएको झण्डै एक दशक पुगेछ। निक्कै लामो साहित्यीक अनुभव सहित उनी फिदिममा प्रस्तुत भए। उनले एकल रचना बाचनमा साहित्य अनुरागीलाई मन्त्रमुग्ध बनाए। कतै ताली भेटाए त कतै गम्भीरतामा डुबाउन सफल बने।
उनको बुहप्रतिभा फिदिममा प्रस्तुत भयो। लामो समय मोफसलमा रहेर साहित्य सृजना गरेका उनी कवी, गितकार, कथाकार, गजलकार, रुवाई लेखक, नाट्ककर्मी, निर्देशक, चलचित्रकर्मी हुन्। लिम्बु चलचित्रकर्मी संघको आयोजनामा प्रकाशले फिदिममा प्रस्तुती दिएका हुन्।
उनले सुरुवातमा केही कविता सुनाए। समाजिक, राजनीतिक सवालमा लेखिएका कविता गम्भीर किसिमका थिए। त्यसपछि उनले केही गीत सुनाए। चोटिलो तथा आर्कषक गजल लेख्न पोख्त उनले केही गजल पनि सुनाए। रचना बाचनको अन्तिम चरणमा आधा दर्जन रुवाई सुनाएर वा वा बटुल्न सफल भए। आङदेम्बे रुवाइका अभियान्ता समेत रहेका छन्।
प्रेमको बदलमा घृणाको सौगात देखियो
घाउमाथि नुनचुक छर्ने आफन्तकै हात देखियो
जलाउछु भनेर आएकाहरू खरानी भएर गए
कठै दुस्मन र आगोको पनी औकात देखियो
यस्ता रचना पाठ गर्दा जोडदार ताली सुनिन्थ्यो। आफ्ना पुराना साथीभाईहरू सम्झीदै उनले रचना पाठ गरे। मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङले प्रकाशले सधै दबाइएका आवाजको पक्षमा कलम चलाउने गरेको टिप्पणी गरे।
यतीबेला केही साहित्यकारहरू सरकारको स्तुतीमा लागेकाले महेन्द्रकालको याद दिलाउन थालेको मुकारुङको भनाई थियो। ‘राज्यमा अधिनायकवाद लागू गर्ने चेष्टा गरियो भने म विरोधको अग्र मोर्चामा निस्किन्छु। साहित्यकारले स्तुती गाउने हुँदा पनि हैन। यसकारण हामीले पछाडि पारिएकाको आवाज निरन्तर बोल्नु पर्छ’,मुकारुङले भने।
आङदेम्बेको साहित्य रचनाकाबारे पूर्वमन्त्री श्री जवेगुले पनि आफ्नो धारणा राखेका थिए। प्रकाशको सृजना सुन्न उलेख्यय दर्शकहरूको उपस्थिती रहेको थियो।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...
कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...
यसमा तपाईको मत