गाँजा र अवैध सामग्रीसहित ३ पक्राउ

आइतबार, २७ साउन २०७५, १३ : ५७ नागरिक

लहान- प्रतिबन्धित लागूऔषध गाँजासहित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ खयरवानाबाट प्रहरीले हिजो साँझ एक पसलेलाई पक्राउ गरेको छ। 

खयरवाना चौकमा चट्पटे पसल गर्ने ६६ वर्षीय शोभित मण्डललाई पसलमा राखेको दुई किलो लागूऔषध गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। 

यस्तै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलेर अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको समानसहित दुई महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका–३ निवासी ४२ वर्षीया अनितादेवी साह र सोही ठाउँकी ५५ वर्षीया मदिना मिया रहेको प्रहरीले जनाएको छ। 

पक्राउ परेकाको साथबाट १५ किलो जीरा, एक क्विन्टल सुजी, रसगुल्ला र पापड लगायतका समान बरामद भएको प्रहरीले जनाएको छ। बरामद समानसहित दुवै महिलालाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय खैरटोका माडर सिरहामा बुझाइएको छ। 

पोखरीमा डुबेर बालिकाको मृत्यु 

सिरहाको गोलबजार नगरपालिका–११ बलकवास्थित पोखरीमा डुबेर शनिबार एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रवीन्द्र शर्माका छ वर्षीया छोरी रिशिका शर्मा रहेको प्रहरीले जनाएको छ। नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु भएको परिवारजनले बताएका छन्। रासस






यसमा तपाईको मत

अन्य समाचार

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

Ncell Footer Ad