८ वैशाख २०८१ शनिबार
अर्थ

देवः विकास बैंक अध्यक्षमा गुरुङ

काठमाडौं – देवः विकास बैंक लिमिटेडको सञ्चालक समितिले बैठकले बज्र गुरुङलाई सञ्चालक समिति अध्यक्ष चुनेको छ। उनी सर्वसम्मतिबाट सञ्चालक समिति अध्यक्ष चुनिएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

नेपाली सेनाबाट अवकाशप्राप्त उपरथी गुरुङ भाटभटेनी सुपर मार्केटस् एन्ड डिपार्टमेन्टल स्टोर्सको तर्फबाट प्रतिनिधित्व गरी २०६५ चैतदेखि बैंक सञ्चालक समिति सदस्य छन्।

नवनियुक्त अध्यक्षले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीसामु पद तथा गोपनीयताको शपथग्रहण गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २७ श्रावण २०७५ ०४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App