coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस महिला संघमा गुटगत उम्मेदवारी सुरू, पाैडेल पक्षबाट पाण्डे

काठमाडौं–नेपाली कांग्रेसका भगीनी संगठन नेपाल महिला संघकाे तेस्राे महाधिवेशनमा पार्टीमा विद्यमान गुटकै अाधारमा उम्मेदवारी दिने निश्चत भएकाे छ । बुधबारदेखि राजधानीमा सुरू हुने महाधिवेशनमा नेता रामचन्द्र पाैडेल पक्षले मीना पाण्डेलार्इ उम्मेदावर बनाउने घाेषणा गरेकाे छ ।

राजधानीमा एक कायक्रमसिहत पाैडेल पक्षाले पाण्डेलार्इ अध्यक्षकाे उम्मेदवार घाेषणा गरेकाे हाे । त्यस्तै, पूर्व महामन्त्री कृष्णप्रसाद सिटाैला पक्षले दुर्इ बजे घाेषणा सभा राखेकाे छ । सिटाैला समूहबाट धना खतिवडा अध्यक्षकाे उम्मेदवार बन्ने पक्का छ । त्यस्तै सभापित शेरबहादुर देउवा पक्षबाट चित्रलेखा यादव वा उमा रेग्मी उम्मेदवार बन्ने छन् ।

सिटाैला पक्षले दुर्इ बजे घाेषणा सभा राखेकाे छ । सिटाैला समूहबाट धना खतिवडा अध्यक्षकाे उम्मेदवार बन्ने पक्का छ । त्यस्तै सभापित देउवा पक्षबाट चित्रलेखा यादव वा उमा रेग्मी उम्मेदवार बन्ने छन् ।

‘शसक्तिकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नारासहित बुधबार पार्टी सभापति शेरबहादुर देउवाले भृकुटीमण्डमा महाधिवेशनको उद्घाटन गर्ने संघकी अध्यक्ष डिला संग्रौलाले जानकारी दिइन् ।

भदौ ३१ गते नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न हुने महाधिवेशनमा प्रत्यक्ष निर्वाचन क्षेत्रबाट ९ जनासहित २ हजार २ सय ४४ प्रतिनिधि सहभागी हुने हुने छन् ।

संघकी प्रचार संयोजक निर्मला क्षेत्रीले प्रतिनिधिहरुका लागि खानेपानी, बसोबास, स्वास्थ्य परीक्षणदेखि आधारभूत सबै तयारी गरिएको जनाइन् । संघले महाधिवेशन प्रतिनिधिहरुलाई सुन्धारा र ठमेलमा बस्ने व्यवस्था मिलाएको छ ।

महाधिवेशन सम्पन्न गर्न झन्डै साढे एक करोड खर्च लाग्ने अनुमान छ ।

झन्डै दश वर्षपछि हुन लागेको संघको महाधिवेशनबाट नयाँ नेतृत्व लिन महिला नेत्रीहरु सक्रिय भएका छन् ।

प्रकाशित: २८ भाद्र २०७३ ०५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App