काठमाडौं - पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै त्यहाँका वासीन्दालाई सतर्क रहन आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले शनिवार पूर्वानुमान सम्बन्धी बुलेटिन निकालेर पश्चिमका एक वा दुई स्थानमा अति भारी वर्षा तथा पश्चिमका केही स्थान र पूर्व र मध्यका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे वताएकाे छ।
शनिवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ भने रातको समयमा पनि बदली र वर्षा हुनेछ। आइतबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने तथा रातको समयमा पश्चिमका केही स्थान र मध्य र पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बितेको २४ घण्टामा काठमाडौंमा ४५ मिलिमिटर वर्षा भएको छ। सबैभन्दा बढी विराटनगरमा ५५ मिलिमिटर वर्षा भएको छ भने पोखरामा ४३ मिलिमिटर वर्षा भएको महाशाखाको विवरणमा उल्लेख छ। आज काठमाडौँको अधिकतम तापक्रम २९ र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ।
बाढीको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, जलविज्ञान महाशाखा/बाढी पूर्वानुमान शाखाले लगातारको वर्षाले ठूला नदी, मझौला नदी तथा चुरेबाट बहने खोलामा बाढीको सम्भावना रहेको भन्दै नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ। शाखाले बाढी बुलेटिन निकालेर अबको तीन दिनसम्म देशैभर बदलीसहित हल्का, मध्य वा भारी वर्षाको सम्भावना भएकाले नदी जलाधारमा गरिएको बाढी पूर्वानुमान अनुसार ठूला नदी, महाकाली, कर्णाली र कोशीमा शनिवारदेखी सोमबारसम्मै बहाब बढ्दो क्रममा रहने देखाएको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो।
बहाव बढे पनि खतरा तह पार गर्ने सम्भावना भने न्यून रहेकाले तटीय क्षेत्रका समुदाय सतर्कतापूर्वक आफ्नै घर तथा समुदायमै रहन भनिएको छ। देशका मझौला नदी कन्काई, कमला, बागमती, पूर्व राप्ति, तिनाउ पश्चिम राप्ति, बबई, मोहनालगायतमा पनि शनिवार अपराह्नदेखि नै बहाव बढ्दाे क्रममा रहेकाले शनिवार राति वा भोलिसम्म सतर्कता तहसमेत पुग्न सक्ने खतरा देखिएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ। रासस
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...
केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...
सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...
कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...
एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।
नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...
कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...
यसमा तपाईको मत