१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भरत शमशेर, बीपीका आलोचक हुँदै समर्थक

काठमाडौं– तत्कालिन गोरखा परिषदका महामन्त्री भरत शमशेर राणाको निधन भएको छ । ९० वर्षको उमेरमा भारतको कलकत्तामा राणाको शनिबार विहान निधन भएको उनका भतिज तथा पूर्व प्रधानसेनापती गौरव शमशेर राणाले बताए । २०१५ सालको आम निर्वाचन पछि नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो भने गोरखा परिषद सदनमा प्रतिपक्षी दलको रुपमा थियो । राणा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पहिलो संसदमा थिए । राणा क्यान्सरबाट पीडित थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् । राणाको शव उनकै इच्छा अनुसार अस्पताललाई प्रदान गरिने जनाइएको छ ।
उनी राणा प्रधानमन्त्री चन्द्र शमशेरका पनाति र शिक्षा विद् मृगेन्द्र शमशेर राणाका छोरा हुन् । 

सुरुवाती चरणमा गोर्खा परिषद नेपाली कांग्रसका विरुद्धमा प्रयोग भए पनि राजा महेन्द्रको कु पछि कांग्रेसमा पार्टीलाई विलय गराएर संघर्ष गरेका थिए ।


राजा महेन्द्रको प्रधानमन्त्री बीपी कोइरालालाई जेल हाल्दै कुु गरे पछि भरत शमशेरले कांग्रेससँग विनासर्त एकता गरेका थिए । नेपाली कांग्रेसमा राजालाई सहयोग गर्ने आवाज उठ्दा उनले त्यसको विरोध गरेका थिए । कांग्रेसमा सूवर्ण शमशेर लगायतले उनलाई कारबाहीको माग समेत गरेका थिए । राजको कु सँगै उनी निर्वासनमा गएका थिए । उनलाई पञ्चायतले राज द्रोहको मुद्धा लगाएको थियो । २०३६ सालको जनमत संग्रहको समयमा उनी विरुद्धको उक्त मुद्धा फिर्ता भएको थियो ।
नेपाली कांग्रेस र गोरखा दलबीच सन् १९५३ मा भएको झडप पछि सरकारले भरत शमशेरलाई गिरफ्तार गरेको थियो । पछि सरकारद्वारा गठित न्यायिक आयोगले छानबीनमा निर्दोष पाएपछि उनी रिहा भएका थिए । सन् १९५१ मा बीपी कोइरालामाथि आक्रमणको घटनापछि सरकारले गोर्खा दलमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धित गोरखा दल सन् १९५२ मा गोर्खा परिषदका नामबाट पुनर्गठन भएको थियो । पुर्नगठित दलले २०१५ सालको आम निर्वाचनमा भाग लिएर दोस्रो भएको थियो । भरत शमशेर धादिङबाट निर्वाचित भएका थिए । 
सुरुवाती चरणमा गोर्खा परिषद नेपाली कांग्रसका विरुद्धमा प्रयोग भए पनि राजा महेन्द्रको कु पछि कांग्रेसमा पार्टीलाई विलय गराएर संघर्ष गरेका थिए । उनले नेपालको प्रजातान्त्रीक आन्दोलनमा आर्थिक सहयोग समेत गरेका थिए ।
पुराना लोकतन्त्रवादी राजनीतिज्ञ भरतशमशेर राणाको निधनमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले दुःख व्यक्त गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘वहाँले २०२५÷२६ सालतिर लेखेको राजा महेन्द्रका अपराध सम्बन्धी पुस्तिका (सही शीर्षक याद भएन) पढेर मेरो किशोर मष्तिष्कमा गणतन्त्रको वीउ टुसाएको थियो। त्यो वीउ अहिले झांगिएकोछ ।’
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै राणको निधनमा दुःख व्यक्त गरेका छन् ।  ‘वीपीका कट्टर आलोचक, भरत शमशेर, जो पछि वीपीका इमानदार समर्थक बन्नुभयो ०१५ सालको संसदमा प्रमुख विपक्षी नेता, संसद भंग र विपिलाई जेलपछि खरो विरोध गर्दै संघर्षको पक्षमा उभिनु भयो,विपिलाई साथ दिनुभयो र कांग्रेसमै प्रवेश गर्नुभयो । आज दिवंगत यी अग्रजलाई हार्दिक श्रद्धाञ्जली ।’ 

 

प्रकाशित: २६ श्रावण २०७५ १३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App