७ वैशाख २०८१ शुक्रबार
समाज

वर्षाले घर भत्किँदा दुई घाईते

पाल्पा– तानसेन नगरपालिका–६, बर्तुङ्गमा घर भत्किँदा दुई जना घाईते भएका छन् । शुक्रबार देखिको अविरल वर्षाका कारण भूकम्पले क्षति पुगेको ढकेश्वर पोखरेलको घर भत्किएको हो । 

शनिबार बिहान घरमै खान खाएर बसिरहेको समयमा घर भत्किँदा तानपा–६, की ५२ वर्षीय लक्ष्मी पोखरेल र उनका १९ वर्षीय छोरा अनिल पोखरेल घाईते भएका हुन् । उनीहरु दुवैको अवस्था सामान्य छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सहित स्थानीयले घरका सामाग्री निकालेर सुरक्षित स्थानमा राखेका छन् । 

तानपा–६ का वडा अध्यक्ष सागरमान महर्जनले भत्किएको घरका सामाग्री निकालेर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताए। उनले नगरपालिकामा आईतबार छलफल गरेर क्षति पुगेको घरका परिवारलाई राहत उपलब्ध गराउने जानकारी दिए। उक्त घर २०७२ सालमा आएको भूकम्पका कारण चर्किएको थियो । 

प्रकाशित: २६ श्रावण २०७५ १२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App