coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अरुका नाममा परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ

पक्राउ परेका सक्कली (दायाँ ) र नक्कली (बायाँ) परीक्षार्थी ।

धादिङ – अरुका नाममा परीक्षा दिइरहेका परीक्षार्थीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ। एसइइको ग्रेड वृद्धि परीक्षा अन्र्तगत शनिबार संचालन भएको बिज्ञान विषयको परीक्षा दिइरहेका परीक्षार्थीलाइ प्रहरीले पक्राउ गरको हो। 

सदरमुकामस्थित नीलकण्ठ माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका परीक्षार्थी विक्रम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। शनिबार चलिरहेको बिज्ञान विषयको परीक्षामा सहभागी हुनुपर्ने ०२६१४२३ एस सिम्बोल नम्बरका मिलन घिमिरेको सट्टामा परीक्षा दिइरहेका ०२६१४०३ वाइ सिम्बोल नम्बरका विक्रम गुरुङ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख डम्बर बहादुर विकले जानकारी दिए। 

दुवै परीक्षार्थी गल्छी गाउँपालिकास्थित जनकल्याण माद्यमिक विद्यालयका रहेका छन्। दुवै परीक्षार्थीले शुक्रबार गणित विषयको ग्रेड वृद्धि परीक्षा दिएका थिए। शनिबार परेको बिज्ञान विषयको परीक्षा दिनको लागि आफू बिरामी परेकाले साथीलाइ दिन पठाएको सक्कली परीक्षार्थी मिलन घिमिरेले बताए। 

दुवै जनालाई जिल्ला प्रहरी कार्यलय धादिङले हिरासतमा राखेको छ। परीक्षालाई मर्यादित र शान्तपूर्वक सम्पन्न गराउनको लागि बनाइएको केन्द्राध्यक्ष निर्देशिका अनुसार आफ्नो सट्टामा अरुलेनै परीक्षा दिइएको खण्डमा सक्कली परीक्षार्थीलाइ तत्काल परीक्षाबाट निलम्बन गरी अधिकतम २ वर्षसम्म कुनैपनि परीक्षामा सहभागी हुन नपाउने गरी दण्डित गर्न परीक्षा नियन्त्रण कार्यलयमा सिफारिस गर्नुपर्ने नियम रहेको छ।

नक्कली परीक्षार्थी पक्राउ परेको विषयमा आफूले जिल्ला प्रशासन कार्यलय  र जिल्ला प्रहरी कार्यलयमा लिखित जानकारी दिएको केन्द्राध्यक्ष विष्णु सिलवालले जानकारी दिए। नक्कली परीक्षार्थीले परीक्षा दिएको उत्तरपुस्तिका, घटनामुचुल्का र केन्द्रध्यक्षको प्रतिवेदन शिक्षा विकास तथा समन्वय इकाइ मार्फत परीक्षा नियन्त्रण कार्यलयमा पठाइने शिक्षा विकास तथा समन्वय इकाइका अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २६ श्रावण २०७५ ०७:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App