coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रौतहटको चन्द्रपुरमा खुल्यो ५० शैयाको अस्पताल

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिकामा ५० शैयाको सुविधासम्पन्न अस्पताल सञ्चालनमा आएको छ। चन्द्रपुर नगरपालीका ४ स्थित मुख्य बजारमा निजी लगानीमा ५० शैयाको चन्द्रपुर अस्पताल प्राइभेट लिमिटेड सञ्चालनमा आएपछि यहाँका स्थानीय उपचारका लागि अन्यत्र जानुपर्ने झण्झटबाट मुक्त भएका छन्। 

सदरमुकाम गौरमा रहेको जिल्लाकै एक मात्र ५० शैयाको सरकारी अस्पतालमा प्राथमिक स्वास्थ्य सेवा बाहेक अन्य कुनैपनि सेवा पाउन नसकेका स्थानीयहरू राम्रो स्वास्थ्य उपचारको लागि सिमावर्ती भारतीय शहर या नेपाली शहर वीरगंज, जनकपुर, चितवन एवं काठमाडौं जान बाध्य थिए।  

सरकारी अस्पतालमा पाउने कतिपय सेवा सुविधाहरू बिरामीलाई हस्पतालले प्रदान गर्न थालेपछि उपचार गराउन बिरामीहरूको भिड लाग्न थालेको छ।  गौर चन्द्रपुर सडक खण्ड अन्र्तगत पूर्व पश्चिम राजमार्ग भन्दा तीनसय मिटर दक्षिणमा रहेको चन्द्रपुर अस्पतालमा उपचार गराउन आउने बिरामीलाई गुणस्तरीय एवं दक्ष चिकित्सकबाट आधुनिक विधिबाट उपचार सेवा दिन थालेपछि बिरामीको भिडभाड ह्वात्तै बढेको छ।

नेपाल सरकारको अर्बौ लगानी भएको जिल्ला अस्पताल वा प्राथमिक स्वास्थ्य केन्द्रको अवस्था अत्यन्तै दयनिय छ। चन्द्रपुर अस्पतालले आधुनिक प्रविधिबाट ल्याब परिक्षण गर्नुका साथै दक्ष चिकित्सकबाट चेकजाँच भइरहेको कुरा सुनेर आफूपनि उपचार गराउन आएको दुर्गा भगवती ३ मत्सरीका सोनी कुमारी झाले बताइन्।

अस्पताल प्रशासनले स्थानीयलाई सरल एवं सुलभ ढंगबाट सेवा सुविधा दिन थालेपछि ग्रामीण भेगका स्थानीयहरू उपचार गराउन अहिले चन्द्रपुर अस्पताल आउन थालेका छन्। 

अस्पताल निजी भएपनि सरकारी भन्दा बढी सेवा सुविधा प्रदान गर्दै आएको अस्पतालका प्रमुख डाक्टर सुवास चौधरीले बताए। अस्पतालले बाढीपीडित, असहाय, गरिब र विपन्न परिवारलाई निःशुल्क उपचारको व्यवस्था गरेको डाक्टर चौधरीको भनाई छ। अस्पतालमा आधुनिक प्रयोगशाला, डिजिटल एक्सरे, अल्ट्रासाउण्ड, अप्रेशन थिएटर, आइसीयु, इमरजेन्सी सेवा २४ सौं घण्टा उपलब्ध हुने चौधरीले बताए।

 

प्रकाशित: २६ श्रावण २०७५ ०६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App