चितवन- पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह, प्रदेश तथा केन्द्रले जनतालाई कर धेरै लगाउँदा संघीयता कार्यान्वयनमा अफ्ठ्यारो पर्ने बताएका छन्।
जनतालाई सेवा दिन र अधिकार सम्पन्न बनाउन तथा देश विकासका लागि स्थानीय, प्रादेशिक, संघीय सरकार बनाएको उनले बताए।
शनिबार भरतपुर विमानस्थालमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले करसँग सम्बन्धित मूल्य बृद्धिलाई सम्बोधन गर्ने उपायको खोजी भईरहेको बताए। यसबारेमा सरकार र पार्टी नेतृत्व गम्भिर भएर छलफल गरिरहेको बताउँदै उनले भने, ‘बाईसे, चौबिसे जस्तो बनाउने र अलोकप्रिय बनाउन खोज्ने प्रयास भईरहेको छ।’
स्थानीय तहहरुमा बृद्धि गरिएको कर र विभिन्न शुल्कका कारण देशमा पृथ्वी नारायण शाहको बेलामा जस्तो जतासुकै कर तिर्नुपर्ने बस्तुगत वातावरण बन्यो भनेर विश्लेषण गरिरहेको उनले बताए। ‘प्रत्येक जिल्लामा जाने, जताततै राजा सबैलाई कर तिर्दा जनता वाक्य भएका थिए हामी त्यतातिर गएका त होईनौ’ उनी भन्छन्, ‘कतिपय काम कारबाही हेर्दा जनता र व्यवसायीका कुरा सुन्दा स्थानीय कर, प्रादेशिक कर, केन्द्रिय कर भनेर करै कर थुपार्दा संघीयता कार्यान्वयनमा अफ्ठ्यारो पर्छ।’
आवश्यक कानुन निर्माण नहुँदा प्रादेशिक सरकारलाई जिम्मेवार बनाउन नसकिएको अध्यक्ष दाहालले बताए। आवश्यक कतिपय ऐन कानुन बन्नै बाँकी रहेको र नयाँ राजनीतिक प्रयोग भएकाले पनि स्वभाविक रुपमा केही अफ्ठ्यारा देखिएको उनले बताए। सुशासन र विकासलाई मूख्य नारा बनाएको सरकारले संवाद र सहमतिको बाटो जाने अपिल गरिरहेको उनले बताए।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधीलाई लक्षित गर्दै अध्यक्ष दाहालले वितण्डता मच्चाएर जनतालाई आतंकित पार्नुको साटो संवादमा आएर सहमतीको बाटो जान आग्रह गरे। भेटघाटमा स्वास्थ्य उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले डा. गोविन्द केसीका मागलाई मनन गर्दै मेडिकल शिक्षालाई सुधार गर्न लागिएको बताए। भरतपुर अस्पतालाई केन्द्रिय अस्पताल बनाउन छलफल चलिरहेको बताए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...
वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...
हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...
सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...
हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
यसमा तपाईको मत