७ वैशाख २०८१ शुक्रबार
खेल

प्रिमियर लिगः म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

काठमाडौं – यस सिजनको इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता शुक्रबार रातिबाट सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुवात गरेको छ।

युनाइटेडले गएराति सम्पन्न खेलमा लेस्टर सिटीलाई २–१ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो। युनाइटेडको जितमा मिडफिल्डर पाउल पोग्बा र लुक शले एक–एक गोल गरे। खेलको तेस्रो मिनेटमा लेस्टरका ड्यानियल अमाटीले डिबक्स भित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीमा पोग्बाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा एक गोलको अग्रता लिएको युनाइटेडका लागि ८३ औं मिनेटमा लुक शले अर्को गोल थप्दै अग्रता दोब्बर बनाएका थिए। पराजित टोली लेस्टरका लागि दोस्रो हाफको इन्जुरी समयमा स्ट्राइकर जेमी भार्डीले गोल गरेपनि जितका लागि पर्याप्त भएन्।

प्रिमियर लिग अबको ९ महिनासम्म संचालन हुनेछ। जहाँ इङ्ल्याण्डका विभिन्न २० क्लबले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको शीर्ष चारमा पर्ने टोली च्याम्पियन्स लिगमा छनोट हुनेछ भने अन्तिमका ३ टोली रेलिगेशनमा पुग्नेछन्।

गत सिजन म्यान्चेस्टर युनाइटेडले दोस्रो तथा लेस्टरले नवौं स्थानमा रहेर लिग सकाएका थिए। प्रिमियर लिग इङ्ल्याण्डको शीर्ष डिभिजनको फुटबल प्रतियोगिता हो। यो विश्वमा सबैभन्दा धेरै हेरिने लिग हो। 

 

प्रकाशित: २६ श्रावण २०७५ ०४:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App