coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

साहित्यकार तथा रेडियोकर्मी यज्ञनिधिको निधन

काठमाडौं - साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको अाज (शुक्रवार) साँझ निधन भएको छ। लतिलपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको निधन भएको उनका भाइ पुष्पनिधि दाहालले जानकारी दिए। 

मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना भएका थिए। दुई दशकअघि उनकाे मिर्गौला प्रत्यारोपण गरिएको थियो। गत बुधबार डायलासिस गर्ने क्रममा बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो।

मस्तिष्कघातका कारण यज्ञनिधि मण्डिखाटारस्थित निवासमा लडेका थिए। चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलासिस गर्न सल्लाह दिएपछि शुक्रवारै उनलार्इ थप उपचारका लागि सुमेरु अस्पताल लगिएको थियो। 

खोटाङमा जन्मेका यज्ञनिधिले रेडियो नेपालमा लामो समय ‘साहित्य संसार’ कार्यक्रम सञ्चालन गरेका थिए। हाल उनले रेडियो अन्नपूर्णमा हरेक शनिबार ‘जदौँ’ कार्यक्रम चलाउँदै आएका थिए। उनका निबन्ध, कविता, गीत, समीक्षा, व्यङ्ग्य आदि प्रकाशित छन्। रासस

प्रकाशित: २५ श्रावण २०७५ १५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App