coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

काठमाडौंका नगर प्रमुखलाई नयाँ शक्तिको पत्र, सार्वजनिक सूचना माग

काठमाडाैं - नयाँ शक्ति पार्टी, नेपालले काठमाडौं जिल्लाका सबै नगरपालिकाका प्रमुखलाई सार्वजनिक सूचना माग गर्दै पत्र बुझाएको छ। नयाँ शक्ति पार्टीको काठमाडौं जिल्ला समन्वय समितिले काठमाडौंं महानगरपालिका लगायतका काठमाडौं जिल्लाका सबै नगर प्रमुखहरुलाई सूचना माग गर्दै शुक्रवार पत्र बुझाएको हो।

काठमाडौं महानगरपालिकाको कार्यालयमा पार्टीको काठमाडौं जिल्ला समन्वय समिति र महानगर समितिको तर्फबाट सूचनाको माग गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र बुझाइएको छ। पत्रमा महानगरपालिका अन्तर्गतका सम्पूर्ण विभाग, वडा, महाशाखा, आयोजना, इकाई, कार्यक्रमहरुको आर्थिक वर्ष २०७४/०७५ को महानगर परिषदबाट पारित बजेट शीर्षक अन्तर्गतका प्रत्येक योजना तथा कार्यक्रमको आर्थिक तथा भौतिक प्रगति, आय र व्ययको पूर्ण विवरण, सम्पूर्ण मालसामान जिन्सी सामग्री, निर्माण कार्य, परामर्श सेवा तथा अन्य खरिद तथा भुक्तानीको पूर्ण विवरण माग गरिएको छ। अरु नगरपालिकाका प्रमुखहरुलाई पनि यही व्यहोराको पत्र बुझाइएको छ।

पत्र बुझ्दै प्रमुख शाक्यले नयाँ शक्तिको सुझावलाई सकारात्मक रुपमा ग्रहण गरेको र आफूले महानगरबासीको समस्या समाधान गर्ने बताए। उनले राजपत्र प्रकाशित भएपछि सबै सूचनाहरु महानगरबासीलाई जानकारी गराउने प्रतिवद्धता व्यक्त गरे। मेयर शाक्यले महानगरबासीको काम वडाबाटै हुने प्रक्रिया चलिरहेको जानकारी दिए।

पत्र बुझाउँदै काठमाडौं जिल्ला समिति संयोजक मानुषी यमी भट्टराईले स्थानीय सरकार र महानगर प्रमुखको बारेमा नकारात्मक टिकाटिप्पणी हुनु सुखद् नभएको भन्दै प्रमुख शाक्यलाई आलोचित हुने कार्य नगर्न सुझाव दिइन।

 

प्रकाशित: २५ श्रावण २०७५ १५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App