८ वैशाख २०८१ शनिबार
समाज

एफपीयुको रुपमा साउथ सुडान जाने एपीएफ टोलीको विदाई

काठमाडौं - नेपालको तर्फबाट शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फर्मड पुलिस युनिट (एफपीयू) को रुपमा कार्य गर्न खटिई जाने सशस्त्र प्रहरीको टोलीलाई शुक्रवार एक कार्यक्रमकाबीच विदाई गरिएको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच टोलीलाई निमित्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणबावु थापाले विदाई गरेका हुन्।

समारोहलाई सम्बोधन गर्दैै निमित्त सशस्त्र प्रहरी महानिरीक्षक थापाले संयुक्त राष्ट्रसंघको मातहतमा रहेर द्वन्दग्रस्त मुलुकमा शान्तिस्थापनार्थ खटिदा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले देशको प्रतिनिधित्व गर्ने हुनाले त्यस ठाउँमा राष्ट्र र संगठनको प्रतिष्ठा उच्च हुने गरी उत्कृष्ट कार्यगर्न निर्देशन दिए। उनले एपीएफ टोलीले मिसनमा रहँदा विभिन्न राष्ट्रका सुरक्षाकर्मीहरुसँग मिलेर सामुहिक भावनाकासाथ प्राप्त जिम्मेवारीलाई कूशलतापूर्वक सम्पन्न गर्ने विश्वास समेत व्यक्त गरे।

सशस्त्र प्रहरी निरीक्षक करबहादुर घर्तिमगरको कमाण्डमा एकवर्षे कार्यकालका लागि एफपीयुको रुपमा साउथ सुडानमा खटिएको सो टोलीमा अधिकृत, विल्लादार तथा जवान गरी कूल ९९ जना रहेका छन्।

प्रकाशित: २५ श्रावण २०७५ १३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App