coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘राइड काष्ठमण्डप टु खोकना’

काठमाडौं–‘राइड काष्ठमण्डप टु खोकना’ साइक्लिङ अभियानले शनिबार दुई जना प्रख्यात साइक्लिष्टलाई सम्मानित गर्ने भएको छ । उसले चौंथो राइड काष्ठमण्डप टु खोकना कार्यक्रममा पुराना साइक्लिष्ट सोनाम गुरुङ र विश्व साइकल यात्री पुस्कर शाहलाई सम्मान गर्न लागेको हो।

शनिबार बिहान काष्ठमण्डपबाट सुरु हुने साइकल यात्रा बल्खु, चाल्नाखेल, बुङमती हुँदै खोकना पुगेपछि त्यहाँ सम्मानपत्र र जनही ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिनेछ । साइक्लिङ मार्फत नेपालको साहसिक पर्यटन प्रवर्धनमा अतुलनिय योगदान पुर्याएस्वरुप सोनाम गुरुङलाई र देश÷विदेशमा साइक्लिङ मार्फत नेपालको प्रवद्र्धन गरेकामा पुस्कर शाहलाई सम्मान गर्न लागिएको आयोजकले जनाएका छन्।

पर्यटनकर्मी युवाहरुको संस्था ‘कन्सेप्ट नेपाल’ र खोकना पुननिर्माण तथा पुनस्थापना समितिको संयुक्त आयोजनामा ०७२ सालदेखि साइक्लिङ यात्रा हुँदै आएको छ । १२ वैशाखको भुइँचालोले क्षतिग्रस्त बनेका सम्पदाहरु काष्ठमण्डप, बुङमती र खोकनाको पुननिर्माणमा हातेमालो गर्दै बुङमती र खोकना क्षेत्रलाई साइक्लिङ पर्यटन गन्तव्यका रुपमा प्रचार गर्ने उद्धेश्यले बर्सेनी ‘राइड काष्ठमण्डप टु खोकना’ साइक्लिङ गर्न थालिएको हो।

करिब २० किमि लामो रुटमा दुई सय जना साइकले सहभागी हुने आयोजकको अनुमान छ । यात्रामा सहभागी हुन आयोजकलाई ५ सय रुपैयाँ तिर्नु पर्छ । त्यो रकमले टिर्शट र लन्च सुविधा पाइनेछ कन्सेप्ट नेपालका संयोजक पवन शाक्यले जानकारी दिएका छन्।

साइक्लिङ अभियानले खोकना क्षेत्रमा साइक्लिङ पर्यटक बढाएको समितिका अध्यक्ष श्याम महर्जन बताउँछन्। 
राइड काष्ठमण्डप टु खोकनाको प्राविधिक टोलीमा प्रख्यात साइक्लिष्टहरु रञ्जन राजभण्डारी, देवेन्द्र बस्न्यात, सुदिप पौडेल,  गोपाल श्रेष्ठ लगायत छन् । त्यसैगरी यसको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ भने सहयोगीहरुमा नेपाल माउन्टेन बाइक टुर्स, रैका टुर्स एण्ड टे«क्स, हिमालयन म्याप हाउस लगायत छन्।

प्रकाशित: २५ श्रावण २०७५ १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App