७ वैशाख २०८१ शुक्रबार
समाज

लागूऔषधसहित दुई  पक्राउ

सर्लाही - सर्लाहीकाे पर्सा गाउँपालिका २ स्थित संग्रामपुरबाट सशस्त्र प्रहरी (एपीएफ) काे टाेलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही जिल्लाको कोडेना गाउँपालिका १ बस्ने सविर अन्सारी र भारतको सितामडी घर बताउने हमान अन्सारी रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट संग्रामपुरबाट खटिएको एपीएफ टोलीले भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई संका लागि जाँच गर्दा उनीहरुको साथबाट फेनारगन ६ सय, डाईजिल्याप ६ सय  र नुफिन ६ सय वटा फेला परेका हुन।

पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ। 

प्रकाशित: २५ श्रावण २०७५ १२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App