७ वैशाख २०८१ शुक्रबार
समाज

सिजा गाउँपालिकालाई जग्गा दिनेको लर्को

जुम्ला– सिजा गाउँपालिका कार्यालयको भवन निर्माणका लागि जग्गा दिनेको लर्को लागेको छ । राज्यका सेवा सुविधा आफ्नै गाँउबाट पाउने अपेक्षामा स्थानीय जग्गा दानका लागि सकृय भएका हुन्। 
 सिजा गाउँपालिका ३ की असौजी रानाले ३ सय ९५ बर्ग मिटर जग्गा उपलव्ध गराएर संघियतालाई सहयोग गरेको वताईन । उनले भनिन, पहिलो पटक गाउँमा अधिकार आएको छ, उनले भनिन, ‘यो अधिकारलाई लामो समय सम्म टिकाईराख्न जग्गा दिएका छौ, यसमा कुनै पछुतो छैन।’
अर्का दाता सिजा गाउँपालिका ३ का वासिन्दा पूर्वप्रधानपञ्च राम वहादुर रानाले सरकारको कामलाई प्रभावकारी र व्यवस्थित बनाउनको लागि जग्गा दिएको बताए । ‘जग्गा कुनै व्यक्ति र स्थानीय तहको कर, र वाध्यताले दिएको होईन,’ उनले भने।
सिजा गाउँपालिकालाई असौजी र राम वहादुर मात्रै नभै १४ जनाले झण्डै झण्डै ३ हजार वर्गमिटर जग्गा निशुल्क दान दिएका छन । ‘जनआन्दोलनवाट प्राप्त उपलव्धीलाई गुम्न नदिन जग्गा दिन दिएका होईनौ,’ स्थानीय सुरतवहादुर रावतले भने, ‘भौतिक संरचनालाई अघि बढाउदै प्रभावकारी कार्यसम्पदानको अपेक्षा गरेका छौँ।’ सिजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले स्थानीयले गाउँपालिकालाई जग्गा उपलव्ध गराएर ठुलो गुन लगाएको वताए । उनले भने, ‘पहिले नै गाउँपालिका केन्द्रको टुंगो लागिसकेको थियो, अहिले जग्गाको टुंगो लागेपछि भवन निर्माण कार्य सुरु गर्नेछौँ ।’नराकोट गाउँको क्षितिज ज्युलामा रहेको खेतियोग्य जमिन गाउँपालिकालाई उपलव्ध गराइएको हो ।
‘भवनको नक्सा मन्त्रालयवाट आउँछ, ५ देखि ५ करोड रुपैयाको लागतमा सुविधा सम्पन्न गाउँपालिका वन्छ,’ अध्यक्ष रावलले भने, ‘मेरो कार्यकालमा सवै संरचना वनाएर सेवा शुभारम्भ गरेर मात्रै छोड्छु।’ गाउँपालिकालाई जग्गा दिन पाउदा जग्गाधनीहरु खुुसी छन । उनीहरु आफै मालपोत कार्यालयमा पुुगेर गाउँपालिका नाममा जग्गा पास गरिदिएका हुन । जग्गादाताहरुको नाम शिलालेखमा राखिने भएको छ ।
 

प्रकाशित: २५ श्रावण २०७५ १२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App