coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इन्द्रजात्राको लिङ्गो ठड्याउने क्रममा ढल्यो

तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- इन्द्रजात्राको लिङ्गो ठड्याउने क्रममा ढलेको छ। वसन्तपुरमा आज बिहान लिङ्गो ठड्याउने क्रममा ढलेको हो। लिङ्गो ढल्दा दुई जना घाइते भएका छन्। घाइते हुनेमा एक जना नेपाली सेना र एक जना स्थानीय छन्। पहिलो प्रयासमै ढलेपछि फेरि लिङ्गो ठड्याउने प्रयास भइरहेको आयोजकले जनाएको छ।

इन्द्रजात्रा काठमाडौं उपत्यकामा मनाइने पर्वमध्ये ठूलो हो। जात्रा भदौ ३० मा धुमधामसँग मनाइने छ। करिब एक साता चल्ने इन्द्रजात्रामा राजधानीका विभिन्न ठाउँमा अनेकौं लाखे नाच गरिन्छ।

इन्द्रजात्रामा लाखे नाच, टाना किसी नाच, पुलु किसी नाच नाचिन्छ। जात्रामा प्रदर्शन गरिने मजिपा लाखेले गणेश, भैरव र कुमारको रथ यात्रामा पथप्रदर्शन गर्ने चलन छ। मंगलबारदेखि नै हनुमानढोकास्थित आकाश भैरवको मूर्ति दर्शन गर्न सर्वसाधारणका लागि खुला गरिन्छ।

प्रकाशित: २८ भाद्र २०७३ ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App