coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

खानेपानीको लागि ६८ करोडको सम्झौता

भोजपुर – भोजपुर सदरमुकामको बढ्दो खानेपानी समस्यालाई समाधान गर्न सहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजना भोजपुर नगरपालिका र सिलिचुङ खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिबीच ६८ करोड ५२ लाख ६० हजार १ सय ९४ लागतको वित्तीय सम्झौता भएको छ। 

भोजपुर नगर क्षेत्रमा संचालन हुने सहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत ) आयोजना कार्यान्वयन गर्ने सम्बन्धमा आयोजना ब्यवस्थापन कार्यालयको तर्फबाट आयोजना निर्देशक राम चन्द्र साह, नगर विकास कोषको तर्फबाट कार्यकारी निर्देशक मनिराम सिंह महत, भोजपुर नगरपालिकाको तर्फबाट नगर प्रमुख कैलास कुमार आले र सिलिचुङ खानेपानी तथा सरसफाई मुल उपभोक्ता समिति भोजपुरको तर्फबाट अध्यक्ष प्रबिण कुमार सुवालले चार पक्षको सम्झौता गरेका हुन्। शहरी खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजना अन्र्तगत खानेपानी बिस्तारका लागि उक्त सम्झौता गरिएको जनाइएको छ। 

२०७२ सालको भूकम्पले खानेपानीका मुहान क्रमिक रुपमा सुक्दै गएपछि भोजपुर सदरमुकामा केहि वर्षयता खानेपानीको समस्या बढ्दै गएको छ। समस्या समाधानका लागि नेशनल ड्रिङकिङ वाटर क्वालिटी स्टयान्डर्डको मापदण्ड अनुसार उक्त वित्तीय सम्झौताबाट सञ्चालन हुने नयाँ प्रस्तावित तिनभंगाले खानेपानी आयोजना कार्यान्वयन गरेको खण्डमा २४ सै घण्टा शुद्ध खानेपानी उपभोक्ताको घरघरमा पुग्ने उपभोक्ता समितिका उपाध्यक्ष लिलामाया तामाङले सुनाइन्। 

वित्तीय सम्झौता अघि टेम्के मैयुङ गाउँपालिका १, तिम्मामा पर्ने तिनभंगालेबाट खानेपानी ल्याउन तेश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत एसियाली विकास बैङ्कको ऋण सहयोगमा नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत र उपभोक्ता समितिबाट पाँच प्रतिशत गरी कुल ७० करोड ९१ लाख ९९ हजार १ सय ९४ रुपैयाँ लागतमा आयोजना सञ्चालन गर्न लागिएको थियो।

सदरमुकाममा दैनिक करिब ४ लाख ५० हजार लिटरको हाराहारीमा खानेपानी आवश्यकता परेपनि हाल समितिले दुई प्याकेजमा एकदिनको समयान्तरमा खानेपानी वितरण गरिरहेको छ। 

खानेपानी मुहानका सतह क्रमिक रुपमा वर्षेनी घट्न थालेपछि समस्या झेल्नुपरेको समितिका अध्यक्ष प्रविण सुवालले बताए। उनका अनुसार खानेपानीको क्षमता प्रतिसेकेन्ड १४ लिटर भएपनि ८ लिटरमा घटिसकेको छ। 

 

प्रकाशित: २५ श्रावण २०७५ ०८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App